Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

खबरडबली संवाददाता

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ । 

“अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ”, जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख दुर्गाकुमारी वलीले भने। उनले कोरोनाकालदेखि नै सो कार्यालयबाट हुने काम बन्द भएको जानकारी दिँदै भारतीय पक्षसँग कुरा गर्दा आइसिपी सञ्चालन भएपछि पुनः सञ्चालनमा आउने जानकारी पाएको बताए। 

अध्यागमन कार्यालयमार्फत जमुनाह नाका हुँदै तेस्रो मुलुकबाट पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै अध्यागमन प्रमुख वलीले विगतमा ‘भिसा’को म्याद थप गर्ने कार्य पनि सोही कार्यालयबाट हुँदै आएको बताए। खास गरी चीन, कम्बोडिया, अमेरिका र जापानबाट जमुनाह नाका हुँदै पर्यटक नेपाल आउने र नेपालबाट भारततर्फ जाने गरेको बताइएको छ । 

अहिले पनि जमुनाह नाकामा आउने पर्यटकलाई अनुमति लिनका लागि रुपन्देहीको बेलहिया नाकामा पठाउने गरेको उल्लेख गर्दै उनले भने,“काम नहुने कुरा धेरैले थाहा पाएको छ तर कहिलेकाहीँ फोनबाट सोधपुछ भइरहेको हुन्छ”,  । कार्यालय प्रमुख वलीले कामका लागि गृह मन्त्रालयलाई पटकपटक आग्रह गरेको जानकारी दिँदै आइसिपी सञ्चालन भएपछि प्रभावकारी काम हुने आश्वासन पाएको बताए। सो अध्यागमन कार्यालयमा अहिले आठ कर्मचारीको दरबन्दी रहेको तर सात कर्मचारी मात्रै कार्यरत छन् । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोभिडकालमा तेस्रो मुलुकबाट आउने पर्यटकलाई नेपाल भएर भारत जान र भारत भएर नेपाल आउने अनुमति नदिँदा बाँकेको पर्यटन विकासमा असर परेको बताए । तेस्रो मुलुकका धेरै पर्यटक भारतको रुपैडिहा आएर फर्केका उल्लेख गदै उहाँले कोभिडकालअघिको भिसादिने व्यवस्थालाई अविलम्ब प्रारम्भ गर्न सरकारसँग माग गरे । 

सिद्धार्थ बिजनेस ग्रुपका निर्देशक केशव न्यौपानेले अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा तेस्रो मुलुकबाट आउने पर्यटक जमुनाह नाकाबाट भित्र्याउन अप्ठेरो भएको उल्लेख गर्दै यहाँ आउनका लागि पर्यटक बेलहिया जानुपर्ने  बाध्यात्मक अवस्था अन्त्य हुनुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुजा शर्माको ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ । बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ...

इलाम- २ मा काँग्रेसको अग्रता कायमै

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले ...

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराला...

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ह...

बझाङमा एमालेको अग्रता

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...

काठमाडौँको टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले बैशाख १६ गते मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी का...

ब्याटिङको क्रममा लोकेश बम घाइते

काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस ...

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्ष...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गर्नुभएको छ । तेस्रो लगानी सम्मेलन सुरु भएकै...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies