काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन् ।
मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलाको सम्मान कार्यक्रम’मा उनले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुन्छ भने ।
उनले भने, “कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु ।” सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मङ्गलादेवी सिंहले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे
।
पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको छ भने । सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गरे ।
कांग्रेसका नेता प्रकाशमान सिंहले महिलाको हकअधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मङ्गलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, “महिलालाई आर्थिक सबलीकरण बनाउनका लागि स्व सिंहको योगदान महत्वपूर्ण छ । बोलेको कुरा पूरा गर्ने व्यक्ति मङ्गलादेवी सिंह हुनुहुन्थ्यो ।”
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हकअधिकारको स्थापनाका लागि स्व सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले महिला स्वतन्त्रताका लागि अडिग भएर लड्ने व्यक्ति मङ्गलादेवी सिंह भएको बताए ।
नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्राले मङ्गलादेवी सिंहले महिला अधिकारका सवालमा देख्नुभएको सपना पूरा गर्न महिला सङ्घ लागिरहेको बताए ।
कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्न्यात (दोलखा), कृष्ण अमात्य (काठमाडौँ), चिरीहिरा शाक्य रञ्जित (काठमाडौं), सीता दाहाल (सङ्खुवासभा), हनि श्रेष्ठ (सर्लाही), शारदा वैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौँ) र शशी रिमाल (काठमाडौँ)लाई रु १५ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: