काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन् ।
मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलाको सम्मान कार्यक्रम’मा उनले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुन्छ भने ।
उनले भने, “कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु ।” सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मङ्गलादेवी सिंहले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे
।
पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको छ भने । सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गरे ।
कांग्रेसका नेता प्रकाशमान सिंहले महिलाको हकअधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मङ्गलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, “महिलालाई आर्थिक सबलीकरण बनाउनका लागि स्व सिंहको योगदान महत्वपूर्ण छ । बोलेको कुरा पूरा गर्ने व्यक्ति मङ्गलादेवी सिंह हुनुहुन्थ्यो ।”
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हकअधिकारको स्थापनाका लागि स्व सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले महिला स्वतन्त्रताका लागि अडिग भएर लड्ने व्यक्ति मङ्गलादेवी सिंह भएको बताए ।
नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्राले मङ्गलादेवी सिंहले महिला अधिकारका सवालमा देख्नुभएको सपना पूरा गर्न महिला सङ्घ लागिरहेको बताए ।
कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्न्यात (दोलखा), कृष्ण अमात्य (काठमाडौँ), चिरीहिरा शाक्य रञ्जित (काठमाडौं), सीता दाहाल (सङ्खुवासभा), हनि श्रेष्ठ (सर्लाही), शारदा वैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौँ) र शशी रिमाल (काठमाडौँ)लाई रु १५ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: