एजेन्सी । राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा सोमबार म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।
गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी (आप)का अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निदेशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो । केजरीवालले राजनीतिकममिला समितिका समेत सदस्य रहेका एन.डी गुप्ता पार्टीका आन्तरिक मामिलाबारे जानकार रहेको बताएका थिए । तर एनडी गुप्ताले बयानका क्रममा पार्टीभित्रका सबै निर्णय संयोजकले गर्ने बताएपछि केजरीवालले पार्टीका कोषाध्यक्ष अन्योलमा परेको बताए ।
इडीले पक्राउ पर्नु भएका केजरीवाललाई विजय नायरसँगको अन्तरक्रिया र रिपोर्टिङका बारेमा प्रश्न गर्दा नायरले आफुसँग नभई आतिशी मार्लेना र सौरभ भारद्वाजलाई रिपोर्ट गर्ने र आफुसँगको अन्तरक्रिया सिमित रहेको बताएका थिए ।
केजरीवालको बयानका आधारमा दिल्ली अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले म्याद थपको निर्णय सुनाए । केजरीवाललाई अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा गिरफ्तार गरेको हो । अदालतको निर्देशनपश्चात उहाँलाई १० दिन इडी हिरासतमा राखिएको थियो । इडीले अन्तःशुल्क नीति निर्माणमा केजरीवालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो ।
“अरविन्द केजरीवालको दिल्ली मदिरा प्रकरणमा पनि आन्तरिक संलग्नता रहेको छ, जसमा केही निजी व्यक्तिहरूलाई लाभ हुने गरी नीति निर्माण गरी लागू गरिएको थियो,” हिरासतको म्याद थपको माग गर्दै निर्देशनालयले भनेको छ ।
केजरीवाललाई इडीले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो । स्वतन्त्र भारतमा वहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक हो । निर्देशनालयले जारी गरेको नौवटा समाह्वानलाई गैरकानुनी भनी बेवास्ता गरेपछि केजरीवाललाई गिरफ्तार गरिएको थियो ।
यो मुद्दा खारेज भइसकेको अन्तःशुल्क नीति २०२२ को तर्जुमा र कार्यान्वयनको अनियमितता र सम्पति शुद्धिकरणको आरोपसँग सम्बन्धित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...
पौष ३ गते, २०८२ - १८:११
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...




प्रतिकृया लेख्नुहोस्: