Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

‘आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण’

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

जिल्ला सहकारी सङ्घ मोरङद्वारा आज यहाँ आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस–२०८० को उद्घाटनमा उनले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले महिलाको सशक्तिकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राखे । उनले जनताले बचत गरेको सहकारीमा अनियमिता गर्ने कार्य निरुत्साहित गर्न कानुन संशोधन गरी आवश्यक नियमन गर्नुपर्ने बताए । 

सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्र आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने काम गर्नुपर्ने बताए । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सहकारी सञ्चालकले कारोबार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउँदै जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिए । 

मन्त्री खत्रीले प्रदेशमा सहकारीमैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमाले कोशी प्रदेशका प्रमुख घनश्याम खतिवडाले लोकतन्त्रमा सहकारी फस्टाउने र ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको विचार राखे । 

आयोजक समितिका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल लगायतले मुलुकमा एक सय वटा सहकारीमा देखिएको समस्याका कारण यो क्षेत्र बदनाम भएकाले यसको समाधान गर्न राष्ट्रिय सहकारी ऐन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए । 

मोरङ जिल्लाभित्र एक हजार ४० सहकारी छन् । ती सहकारीमा चार लाख ४३ हजार सदस्य रहनुका साथै रु २९ अर्ब कारोबार हुने गरेको तथ्याङ्क छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: