Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

दुर्घटना पश्चात १० वर्षदेखि फरार सवारी चालक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला प्रहरी कार्यालय प्यूठानले सवारी ज्यान मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुराना मुद्दाहरुको अनुसन्धानलाई प्राथमिकता दिन थालेसँगै १० वर्ष अघि भएको दुर्घटनाका फरार चालकहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानले प्रहरी परिचालनलाई तिव्रता दिँदै २०७१ साल र २०७३ सालको सवारी ज्यान अपराधमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही अगाडी बढाएको जनाएको छ ।

२०७१ मंसिर १७  साविक नारिकोट गा।वि।स।वडा नं।०१ हाल गौमुखी गाउँपालिका वडा नं।०७ बस्ने वर्ष ३२ को जिवन जि।सी।ले चलाएको लु २ त ९७५० नं।को ट्याक्टर खोला तर्फ जादै गर्दा सोही गाएँको सालिबिसौनि भन्ने ठाउमा दुर्घटना हुँदा उक्त ट्याक्टरमा सवार वर्ष १८ को राजेन्द्र पुरीको घटना स्थलमा मृत्यू भएको थियो । उक्त घटना पश्चात फरार चालक जीसीलाई फागुन २४ गते पक्राउ गरी थप अनुसन्धान पश्चात प्यूठान जिल्ला अदालतबाट चैत १९ गतेको आदेश अनुसार पुर्पक्षको लागी कारागार चलान भएको प्रहरुलिे जनाएको छ ।

यसैगरी  २०७३ चैत ११ गते ललितपुरको साविक गोटिखेल गा।वि।स। हाल महाङकाल गाउँपालिका वडा नं।०३ बस्ने २७ वर्षीय सरोज घलेले चलाको बा ८ च १५६१ नं। स्कार्पियो जिप स्वर्गद्वारी नगरपालिका वडा नं।०३ रुमाले स्थित सडक खण्डमा पल्टीन गई दुर्घटना हुँदा उक्त जिपमा सवार दिनेश ध्वज बस्नेत समेत गरी ०७ जनाको मृत्यू भएको र २ जना घाईते भएका थिए । 

सो घटना सम्बन्धमा फरार रहेका चालक काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको समन्वयमा चैत् १८ गते कानुन बमोजिम पक्राउ गरी चैत २० गते निज प्रतिवादी सरोज घलेलाई सम्मानित प्यूठान जिल्ला अदालतबाट सातदिनकाे म्याद थप भई  अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy