Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बालेनको चरित्र हत्या गरेको आरोपमा एक कर्मचारी पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चरित्र हत्या गरेको आरोपमा महानगरकै एक कर्मचारी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेल रहेका छन् । 

उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पौडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

के हो विवाद ?
पौडेलले मेयर साहले एक अर्ब रूपैयाँ खाएको आरोप लगाएका थिए । साहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए ।

पौडेलले स्टाटस लेख्दै भनेका थिए , ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु र अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु ।’

झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै शाहको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनलाई साहले २०८० पुस १६ गते निलम्बन गरेका थिए ।

महानगरले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि पौडेलले सामाजिक सञ्जालमा मेयरविरूद्ध स्टाटस लेखेका थिए । पौडेल यसअघि नागरिकता र राहदानी मुद्दामा दोषी ठहर थिए ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ ५ गते पौडेललाई २५ हजार रूपैयाँ जरिवाना गरेको थियो । झुटा विवरण पेश गरेर नागरिकता र राहदानी लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy