पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
पाल्पाको सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चारमाध्यमको सवलीकरण तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको बताइन् ।
“देश–विदेशका सूचना क्षण–क्षणमा प्रवाह गर्न सञ्चारमाध्यमको अभाव छैन । तर समुदायका नागरिकको आवाज र भावना समुदायकै भाषाशैलीमा प्रस्तुत गर्ने दायित्व भनेकै सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमले मात्र निर्वाह गर्न सक्छन्”, उनले भनिन् ।
सामुदायिक रेडियोको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि स्थानीय सञ्चारमाध्यम बढी समुदाय केन्द्रित हुनुपर्ने बताइन् । स्थानीय सञ्चारमाध्यम स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने अझ आकर्षण बढेर जाने उनको भनाइ थियो । सञ्चारमाध्यमको बढ्दो सङ्ख्या र सूचना प्रविधिमा आएको परिवर्तनका कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन् ।
समुदायकै सहयोगमा सवल बनाउन सकिने भन्दै उनले स्थानीय सञ्चारमाध्यमले समाजका नकारात्मक विषयको चिरफार गर्दै सकारात्मक चेतना दिने समाचारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
संविधानले आमसञ्चार क्षेत्रको नियमनको पाटोलाई सङ्घीय सरकारको दायित्वभित्र राखे पनि प्रवर्द्धनको सवालमा तीनै तहका सरकारको अधिकार सूचीमा राखेको उल्लेख मन्त्री शर्माले गर्दै प्रदेश र स्थानीय तहहरूले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन/प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन् ।
संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल देखिएको उल्लेख गर्दै मन्त्री शर्माले यसलाई चिर्दै जतिसक्दो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार लागेको जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको उनले जानकारी दिइन् ।
“मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषद्बाट पारित गरेर सङ्घीय संसद्मा दर्ता गर्ने अन्तिम तयारी छ”, मन्त्री शर्माले भनिन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढिरहेको उनले उल्लेख गरिन् ।
सबै क्षेत्रमा महत्त्वपूर्ण सुरुआत भए पनि सरकारले चाहेजस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको मन्त्री शर्माले स्पष्ट पारिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: