काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फका राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा ९५० बमोजिम चुनावी प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक प्रणालीतर्फका राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण पेश गर्नुपर्नेछ।
कानुनी व्यवस्था अनुसार राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्छ। निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (२) अनुसार उक्त विवरण सम्बन्धित सरोकारवालाको जानकारीका लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल र उम्मेदवारले तोकिएको समयसीमाभित्र निर्वाचन प्रचार–प्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्नेछ। त्यसरी सार्वजनिक गरिएको विवरणको फोटो वा स्क्रिनसट प्रिन्ट गरी वा भरपर्दो प्रमाणसहित निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ।
निर्वाचन खर्चको विवरण नबुझाए वा सार्वजनिक नगरेमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ बमोजिम सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई कारबाही गरिने आयोगले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १४:२५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...
आषाढ़ ९ गते, २०८३ - १४:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...
आषाढ़ ९ गते, २०८३ - १४:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...
आषाढ़ ९ गते, २०८३ - १३:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ ९ गते, २०८३ - १३:३४
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा ९एमाले० ले आपत्ति जनाएको छ। धनगढीमा सम्प...
आषाढ़ ९ गते, २०८३ - १३:२३
ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...
आषाढ़ ९ गते, २०८३ - १३:१०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...
आषाढ़ ९ गते, २०८३ - १२:४२
काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...
आषाढ़ ९ गते, २०८३ - १२:०१
नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...
आषाढ़ ९ गते, २०८३ - ११:५५
काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले विकल्पको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार आयोजित ...



प्रतिकृया लेख्नुहोस्: