Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता: मुख्यमन्त्री यादव

खबरडबली संवाददाता

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् । 

‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको बताए । “मुलुकमा सङ्घीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले सङ्घीयताको महसुस गर्न पाइरहेका छैनन्”, उनले भने, “छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा समस्या पारेको छ, वीरगञ्ज सहरले सङ्घीय सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्दै आइरहेको छ, तर सङ्घीय सरकारले भने वीरगञ्जलाई सोहीअनुसारको बजेट तथा अन्य सहुलियत प्रदान गरेको छैन ।”

प्रतिनिधिसभाका सांसद प्रदीप यादवले सङ्घीय सरकारले मुलुककै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्जलाई बेवास्ता गरेको बताए । उनले भने, “वीरगञ्जले सरकारको ढुकुटीमा सबैभन्दा धेरै हिस्सा ओगट्ने गर्छ, तर सङ्घीय सरकारले भने वीरगञ्जको आर्थिक तथा सामाजिक विकासमा जुन रूपमा अघि बढाउनुपर्ने थियो, सोही अनुरुपमा काम गरेको छैन, सङ्घीय सरकारले आगामी नीति तथा बजेटमा वीरगञ्जका लागि आर्थिक प्याकेजका साथै राष्ट्रिय गौरवका आयोजना पनि अघि बढाउन जरुरी भइसकेको छ ।”

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको वैभवलाई सङ्घीय सरकारले चिन्न नसकेको गुनासो गरे । “वीरगञ्ज सहर आर्थिक, भाषा, संस्कृति र रीतिरिवाजका कारणले वैभव सहरका रूपमा परिचित छ”, उनले भने, “मुलुकका अन्य महानगरलाई जस्तै वीरगञ्जलाई उच्च प्राथमिकता राखेर यहाँको विकास निर्माणलाई प्रथामिकता दिन जरुरी छ ।”

वीरगञ्जका उद्योगी तथा व्यवसायीले निरन्तर रूपमा विद्युत्को आपूर्ति हुन नसक्दा उद्योगधन्दा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । उद्योगी अनिल रुगटाले वीरगञ्ज करिडोरका उद्योगी–व्यवसायी नाजुक अवस्थाबाट गुज्रिँदै आइरहेको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले विद्युत् आपूर्तिमा देखिएको समस्या एक महिनाभित्रै समाधान हुने दाबी गरे । “छिमेकी मुलुक भारत निर्वाचनमा होमिएकाले पनि भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै भारतबाट विद्युत् आयात गर्न पाएका छौँ, त्यसैले पनि बेलुकाको समयमा उद्योगधन्दाको विद्युत् कटौती गर्नुपरेको हो । हामीले रातको १२ देखि बिहान ६ बजेसम्मको अवधिमा पनि उद्योगधन्दालाई कसरी विद्युत् उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा गृहकार्य गर्दै आइरहेका छौँ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: