Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

राैतहटमा चिट चोर्न प्रयोग भएको ३ हजार मोवाईल फिर्ता

खबरडबली संवाददाता

रौतहट । भर्खरै सकिएको एसइइ परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरु सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ । 

यस वर्ष रौतहटमा एसइइ परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । 

त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो ।  बरामद गरिएका मोबाइलहरू शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सम्बन्धित स्थानमा रहेका प्रहरी चौकी मार्फत सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको थियो । 

प्रहरीले ३ हजार मोबाइल सेटहरू सम्बन्धित विद्यार्थीलाई वितरण गरेको जनाएको छ । रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्ने प्रयोजनका लागि परीक्षा हलभित्र लगेका मोबाइलहरु सुरक्षा निकायले बरामद गरेको थियो । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतका विभिन्न प्रहरी चौकी मार्फत बरामद गरिएका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ । 

अघिल्ला वर्षहरूमा हुने एसइइ परीक्षामा ब्ल्याकबोर्डमै लेखाएर चिटचोराउने प्रचलन रहिआएकोमा यस वर्षबाट मोबाइलबाटै शिक्षकहरूले चोरी गराएको आरोप लागेको थियो । यस वर्ष व्यापक रूपमा डिजिटल चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विभिन्न परीक्षा केन्द्रमै प्रवेश गरेर विद्यार्थीहरूबाट ३ हजार  सेट मोबाइल बरामद गरेको थियो । 

डिजिटल चोरी गराउनेमा अधिकांश रौतहट जिल्लाका निजी शैक्षिक संघ संस्थाहरू रहेको एक तथ्याङ्कले देखाएको पाइएको छ । एक अभिभावकका अनुसार निजी बोर्डिङमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसइइ पास गराउनु भन्दा सरकारी विद्यालयमै पढाउनु फाइदा छ । 

चन्द्रनिगाहपुरका विभिन्न निजी विद्यालयहरूले सेटिङ मिलाएरै परीक्षा केन्द्र तथा कोठामा चिर चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी स्कुलबाट कुँडिएको बुझिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: