काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेमा जोड दिएको छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० द्वारा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपालीहरू समस्यामा रहेको बताउनुभएको हो ।
डा। नेपालले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै धेरै नेपालीहरू स्वदेश फर्कन आतुर रहेको उल्लेख गरे। द्वन्द्व जारी रहेकाले असुरक्षित महसुस गरी घर फर्कन चाहनेहरूलाई उद्धार गर्न ढिलाइ गर्न नहुने उहाँको तर्क छ।
श्रमविज्ञ नेपालका अनुसार हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा आफूहरू असुरक्षित रहेको भन्दै नाम दर्ता गराइसकेका छन् । ूयो सङ्ख्या अझ बढी हुन सक्छ, किनभने अवैध रूपमा कार्यरत धेरै नेपालीहरू कानुनी झन्झटमा पर्ने डरले पोर्टलमा सूचीकृत हुन हिचकिचाइरहेका छन्,ू उनले भने।
प्राथमिकताका आधारमा उद्धार गर्न सुझाव
डा। नेपालले सरकारको प्रयास सकारात्मक भए तापनि उद्धार कार्यमा अपेक्षित प्रभावकारिता नदेखिएको टिप्पणी गरे। उनले गर्भवती महिला, अवैध रूपमा रहेका नेपाली र बढी जोखिमपूर्ण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्नुपर्ने सुझाव दिए। द्वन्द्वको समयमा सम्बन्धित देशहरूले आफ्ना नागरिकलाई मात्र सुरक्षा दिने र आप्रवासीहरू बढी जोखिममा पर्ने गरेको उनको अनुभव छ ।
सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको समेत उनले औँल्याए। 'सरकारले 'सुरक्षित रहनुहोला' भनेर मात्र सूचना दिइरहेको छ, तर कसरी सुरक्षित हुने र कहाँ के भइरहेको छ भन्ने यथार्थ जानकारी दिन सकेको छैन,' उनले भने। त्यहाँ रहेका नेपालीहरूलाई दैनिक कम्तीमा दुई–तीन पटक वस्तुस्थितिको बारेमा जानकारी गराउनु सरकारको दायित्व भएको उनको भनाइ छ ।
धेरै नेपालीहरू मानसिक रूपमा त्रसित(प्यानिक) अवस्थामा रहेको उल्लेख गर्दै डा. नेपालले सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: