Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राप्रपाले आज ३ हजार भुपु सैनिकलाई मार्चपास गराउँदै

खबरडबली संवाददाता

काठमाडौं । गणतन्त्र खरोजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गर्न लागेको हो । 

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो । आउँदो २७ चैतमा पार्टीले काठमाडौंमा वृहत जनप्रदर्शन आयोजना गर्दै छ । त्यसकै पूर्वसन्ध्यामा आज राप्रा निकट सेवानिवृत्त सैनिकहरु सडकमा निस्किने भएका हुन् । राजनीतिक मुद्दाका लागि भुपु सैनिकहरु पहिलोपटक यसरी निस्किन लागेको सगठनका अध्यक्ष अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्कीले बताए । मार्चपासमा कम्तिमा पनि ३ हजार  भुपु सैनिक सहभागी हुने उनको दावी छ ।

भुपु सैनिकको मार्चपास भृकुटीमण्डपबाट ११ बजे सुरु हुने छ । भुपु सैनिकहरु दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिनेछन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक हुँद पद्मोदय स्कुल अगाडि सभामा परिणत हुने कार्कीले जानकारी दिए । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्वोधन गर्नेछन् ।

राप्रपाले २७ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै शक्ति लगाइरहेको छ । वृहत जनप्रदर्शनको अघिल्लो दिन सोमबार नेपाल सनातन धर्म संस्कृति संगठनले शंख जुलुस निकालिने राप्रपाले जनाएको छ । काठमाडौं उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकेको छ भने ति कमाण्डरले पनि वडा कमाण्डर तोकेर कार्यक्रम सफल बनाउने गरी काम गरिरहेका छन् । ती कमाण्डरको नेतृत्वमा काठमाडौं उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र र्‍याली निकाल्ने तयारी छ ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्नेलगायतका उल्लेख छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy