धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउँने घोषणा गरेका छन् । डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज बिहान आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् ।
सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउँने मन्त्री राईको भनाई छ । चालु आर्थिक वर्षमा उपलब्ध हुन नसके आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइने मन्त्री राईले बताए । ‘यहाँको खानेपानी समस्या हल गर्नका लागि सक्दो सहयोग गर्नेछु,’ मन्त्री राईले भने, ‘यही आर्थिक बर्षमा एक करोड बजेट उपलब्ध हुनेछ, यो पटक सकिएन भने पनि अर्को आर्थिक वर्षमा बजेट आउँछ, ढुक्क हुनुहोस् ।’
बजेटलाई सही ढंगले खर्च गरेर खानेपानीको समस्या हल गर्न मन्त्री राईले स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई आग्रह गरे । सो अवसरमा साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष खड्ग लिम्बुले खानेपानीसहित अन्य पूर्वाधार विकासका लागि मन्त्री राईसमक्ष माग पत्र पेश गरेका थिए ।
मन्त्री राईले यसअघि धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि पनि एक करोड उपलब्ध गराउँने उद्घोष गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
आश्विन ३ गते, २०८१ - १६:०३
काठमाडौं । संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...
आश्विन ३ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...
आश्विन ३ गते, २०८१ - १५:५८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...
आश्विन ३ गते, २०८१ - १५:५३
काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...
आश्विन ३ गते, २०८१ - १५:४९
बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...
आश्विन ३ गते, २०८१ - १५:४५
मुगु । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्या...
आश्विन ३ गते, २०८१ - १५:२५
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
प्रतिकृया लेख्नुहोस्: