Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

साताैं महिनामा गाजा युद्ध प्रवेश, युद्धविराम अझै अनिश्चित

खबरडबली संवाददाता

एजेन्सी । इजरायल र हमासबीचको युद्ध आइतबार सातौं महिनामा प्रवेश गरेको छ । युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ । 

इजिप्टको ‘अल–काहेरा न्यूज’का अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्र्स, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका मध्यस्थकर्ताले इजरायली र हमास प्रतिनिधिमण्डलबीच आइतबार हुने अप्रत्यक्ष वार्ताका लागि इजिप्टका मध्यस्थता गर्नेछन् । 

गाजामा पूर्ण युद्धविराम र इजरायली सेनाको फिर्ताको मुख्य माग रहेको पुष्टि वार्ताअघि हमासले गरेको छ । इजरायली सेनाले गाजामा सात जना सहायताकर्मीको हत्याको आरोपमा दुई जना अधिकारीलाई बर्खास्त गर्न लागेको बताएपछि युद्धविरामको प्रयास भएको हो ।

गत अप्रिल १ मा मानवीय सहायता समूह ‘वल्र्ड सेन्ट्रल किचेन (डब्लुसिके)’ का कर्मचारीको मृत्यु भएको इजरायली स्वीकारोक्तिपछि घटनाको स्वतन्त्र छानबिनको माग गरिएको छ । डब्लुसीकेका संस्थापक जोस एन्ड्रेसले एबिसी न्यूजसँग भने, “युद्धको छ महिनामा मानवता विरोधी धेरै घटनाहरू भएका छन् । ती घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच भएको वार्ताले इजरायललाई वार्तामा बस्न बाध्य बनाएको छ । राष्ट्रपति बाइडेनले ‘तत्काल युद्धविराम’ गर्न, नागरिकको हत्या कम गर्न र मानवीय अवस्था सुधार गर्न वा त्यसो नगरेमा अमेरिकी सहयोग रोकिन सक्ने पहिलो पटक सशर्त दबाव दिएपछि इजरायल वार्ताका लागि तयार भएको छ । 

गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धको कारण बनेको अक्टोबर ७ मा हमासका लडाकूले इजरायली भूमिमा गरेको अकल्पनीय आक्रमणमा एक हजार १७० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ । 

उक्त आक्रमणपछि प्यालेस्टिनी लडाकूहरूले करिब २५० इजरायली र विदेशी बन्धकहरूलाई पनि बन्धक बनाएका थिए जसमध्ये १०० को हाराहारीमा गत नोभेम्बर महिनामा भएको युद्धविरामपछि फिर्ता भएका थिए । बन्धक बनाइएका करिब १३० व्यक्ति गाजामा रहेका र ३० भन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने इजरायली सेनाले बताएको छ ।

इजरायली सेनाले आइतबार गाजामा आफ्ना थप चार सैनिक मारिएको घोषणा गरेसँगै अक्टोबरको अन्त्यमा स्थलगत कारबाही सुरु भएयता मृतक इजरायली सैनिकको सङ्ख्या २६० पुगेको जनाएको छ । 

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले ‘क्रूर आतङ्कवादी आक्रमण र भयानक नरसंहार’ बाट सुरु भएको ‘रक्तपातपूर्ण र कठिन युद्ध’ को छ महिना वितेको र यो समयमा इजरायलले हमासविरूद्धको कारबाहीलाई निकै प्रभावकारी बनेको उल्लेख गरेका छन् । 

हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३३ हजार १३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । दुई हप्ताको इजरायली आक्रमणले ध्वस्त भएको गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को नेतृत्वमा रहेको टोली अन्ततः अस्पताल परिसरमा प्रवेश गरेको छ । 

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले गाजा सहरको महत्वपूर्ण र ठूलो अस्पताल ‘अब मानव चिहान भएको खाली खोल’ मा परिणत भएको बताए । उनले डब्ल्युएचओको टोलीले कम्तीमा पाँच वटा शव देखेको बताएको छ ।

बाइडेनले इजिप्ट र कतारका नेताहरूलाई पत्र लेख्दै हमासबाट ‘सम्झौतामा सहमत हुने र त्यसको पालना गर्ने’ प्रतिबद्धता सुनिश्चित गर्न आग्रह गरे । नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनी कैदी र केही बन्धकको आदानप्रदान भएको थियो । त्यसपछि भङ्ग भएको युद्धविरामले पुनः चर्चा पाएको छ । 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार नेतन्याहूसँग बाइडेनले बिहीबार गरेको कुराकानीमा सम्झौताका लागि आफ्ना वार्ताकारलाई सशक्त बनाउने विषयमा छलफल भएको थियो ।

वासिङ्टनले सम्झौता हुन नसक्नुमा हमासले बिरामी र अन्य जोखिममा रहेका बन्धकहरूलाई रिहा गर्न इन्कार गरेको आरोप लगाएको छ । कतारले विस्थापित गाजावासीको स्वदेश फिर्तीमा इजरायलको आपत्ति नै मुख्य बाधक भएको बताएको छ ।

इजरायललाई अमेरिकाले दिएको ठूलो सैन्य सहायतालाई लिएर यति बेला बाइडेन आफ्नै दल र विपक्षी नेताको तर्फबाट दबाबमा  छन् । इजरायलले युद्ध सञ्चालन गरेको विषयमा आलोचनात्मक टिप्पणी गरिए पनि वासिङ्टनले अहिलेसम्म त्यसको लाभ उठाउन सकेको छैन ।

इजरायलका विपक्षी प्रमुख याइर लापिड उच्च अधिकारीसँग वार्ताका लागि शनिबार वासिङ्टनतर्फ प्रस्थान गरेको उनको दलले पुष्टि गरेको छ । यश अतिद्लाई इजरायली मध्यमार्गी दलका रूपमा हेरिन्छ । लापिडले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

उनले सिनेटमा बहुमत प्राप्त दलका नेता चक शुमरलाई पनि भेट्ने छन् । गत महिना इजरायलमा मध्यावधि निर्वाचनको आह्वान गर्दै नेतन्याहुको विकल्प खोज्न इजरायली जनतालाई मौका दिनु उपयुक्त हुने उनले बताए ।लापिडसहित १० हजार इजरायलीले शनिबार तेल अभिभ र अन्य शहरमा नेतन्याहूविरुद्ध प्रदर्शन गर्दै ‘निर्बाचन’ को माग गरेका थिए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार भयानक द्वन्द्व अन्त्य हुनैपर्ने बताए । उनले भने, “हमासका आतङ्ककारीहरूको खतरालाई परास्त गर्न र उनीहरूको सुरक्षाको रक्षा गर्न इजरायलको अधिकारको पक्षमा हामी अडिग छौं । तर यो रक्तपातबाट बेलायतलगायत सिङ्गो संसार स्तब्ध भएको छ ।” 

ड्रोन आक्रमणमा परी डब्लुसीकेका कामदारको ज्यान जाने गरी भएको त्रुटि फेला परेपछि इजरायली सेनाले दुई जना अधिकारीलाई बर्खास्त गर्ने घोषणा गरेको छ । हमासले रातको समयमा हिँडिरहेका सहायता गाडीहरू जफत गरेको ‘गलत अनुमान’ का कारण घटना भएको इजरायली सैन्य कमाण्डरले बताएका छन् । 

अस्ट्रेलियाले सहायताकर्मीहरूको मृत्युमा इजरायलको प्रतिक्रियाको आलोचना गरेको छ । आक्रमणमा मारिनेमा अष्ट्रेलियाली नागरिक लालजावमी ‘जोमी’ फ्रैङ्ककम पनि रहेका थिए । अष्ट्रेलियाले आफ्नो अनुसन्धानमा ‘पारदर्शिता’ सुनिश्चित गर्न इजरायलसँग काम गर्न एक विशेष सल्लाहकार नियुक्त गर्ने जनाएको छ ।

आक्रमणपछि डब्लुसिकेको गाजा अभियान स्थगित गरिएको छ भने अन्य विश्वव्यापी सहायता समूहहरूले यस क्षेत्रमा राहत कार्य लगभग असम्भव भएको बताएका छन् । बाइडेन र नेतन्याहूको टेलिफोन वार्ताको केही घण्टामा नै अश्दोद बन्दरगाह र एरेज सीमा पार गरेर ‘अस्थायी’ सहायता वितरण गर्न अनुमति दिने इजरायलले घोषणा गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले छरिएर रहेका उपायभन्दा पनि आमूल उपायको खोजी गर्न आह्वान गरेका छन् । गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले शनिबार एएफपीसँग कुरा गर्दै गाजामा २४ लाख मानिसका लागि सहायता पर्याप्त नभएको बताए । 

करिब १५ लाख गाजावासीले इजिप्टसँगको सीमा नजिक दक्षिणमा रहेको रफाहमा आश्रय लिइरहेका छन् । शरणार्थी अवस्थामा बसेकी ५० वर्षीय महिला सिहाम अचुरले आफ्नो परिवार बस्दै आएको पालबाट आफूलाई सुरक्षित महशुस हुने गरी घरमा फिर्ता हुने वातावरण बनाइदिन आग्रह गर्दै भन्नुभयो, “हामी सामान्य नागरिक हौँ । युद्धसँग हाम्रो कुनै संलग्नता छैन । आफ्नो घर फर्किने वातावरण छिट्टै बनोस् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy