Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

साताैं महिनामा गाजा युद्ध प्रवेश, युद्धविराम अझै अनिश्चित

खबरडबली संवाददाता

एजेन्सी । इजरायल र हमासबीचको युद्ध आइतबार सातौं महिनामा प्रवेश गरेको छ । युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ । 

इजिप्टको ‘अल–काहेरा न्यूज’का अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्र्स, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका मध्यस्थकर्ताले इजरायली र हमास प्रतिनिधिमण्डलबीच आइतबार हुने अप्रत्यक्ष वार्ताका लागि इजिप्टका मध्यस्थता गर्नेछन् । 

गाजामा पूर्ण युद्धविराम र इजरायली सेनाको फिर्ताको मुख्य माग रहेको पुष्टि वार्ताअघि हमासले गरेको छ । इजरायली सेनाले गाजामा सात जना सहायताकर्मीको हत्याको आरोपमा दुई जना अधिकारीलाई बर्खास्त गर्न लागेको बताएपछि युद्धविरामको प्रयास भएको हो ।

गत अप्रिल १ मा मानवीय सहायता समूह ‘वल्र्ड सेन्ट्रल किचेन (डब्लुसिके)’ का कर्मचारीको मृत्यु भएको इजरायली स्वीकारोक्तिपछि घटनाको स्वतन्त्र छानबिनको माग गरिएको छ । डब्लुसीकेका संस्थापक जोस एन्ड्रेसले एबिसी न्यूजसँग भने, “युद्धको छ महिनामा मानवता विरोधी धेरै घटनाहरू भएका छन् । ती घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच भएको वार्ताले इजरायललाई वार्तामा बस्न बाध्य बनाएको छ । राष्ट्रपति बाइडेनले ‘तत्काल युद्धविराम’ गर्न, नागरिकको हत्या कम गर्न र मानवीय अवस्था सुधार गर्न वा त्यसो नगरेमा अमेरिकी सहयोग रोकिन सक्ने पहिलो पटक सशर्त दबाव दिएपछि इजरायल वार्ताका लागि तयार भएको छ । 

गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धको कारण बनेको अक्टोबर ७ मा हमासका लडाकूले इजरायली भूमिमा गरेको अकल्पनीय आक्रमणमा एक हजार १७० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ । 

उक्त आक्रमणपछि प्यालेस्टिनी लडाकूहरूले करिब २५० इजरायली र विदेशी बन्धकहरूलाई पनि बन्धक बनाएका थिए जसमध्ये १०० को हाराहारीमा गत नोभेम्बर महिनामा भएको युद्धविरामपछि फिर्ता भएका थिए । बन्धक बनाइएका करिब १३० व्यक्ति गाजामा रहेका र ३० भन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने इजरायली सेनाले बताएको छ ।

इजरायली सेनाले आइतबार गाजामा आफ्ना थप चार सैनिक मारिएको घोषणा गरेसँगै अक्टोबरको अन्त्यमा स्थलगत कारबाही सुरु भएयता मृतक इजरायली सैनिकको सङ्ख्या २६० पुगेको जनाएको छ । 

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले ‘क्रूर आतङ्कवादी आक्रमण र भयानक नरसंहार’ बाट सुरु भएको ‘रक्तपातपूर्ण र कठिन युद्ध’ को छ महिना वितेको र यो समयमा इजरायलले हमासविरूद्धको कारबाहीलाई निकै प्रभावकारी बनेको उल्लेख गरेका छन् । 

हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३३ हजार १३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । दुई हप्ताको इजरायली आक्रमणले ध्वस्त भएको गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को नेतृत्वमा रहेको टोली अन्ततः अस्पताल परिसरमा प्रवेश गरेको छ । 

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले गाजा सहरको महत्वपूर्ण र ठूलो अस्पताल ‘अब मानव चिहान भएको खाली खोल’ मा परिणत भएको बताए । उनले डब्ल्युएचओको टोलीले कम्तीमा पाँच वटा शव देखेको बताएको छ ।

बाइडेनले इजिप्ट र कतारका नेताहरूलाई पत्र लेख्दै हमासबाट ‘सम्झौतामा सहमत हुने र त्यसको पालना गर्ने’ प्रतिबद्धता सुनिश्चित गर्न आग्रह गरे । नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनी कैदी र केही बन्धकको आदानप्रदान भएको थियो । त्यसपछि भङ्ग भएको युद्धविरामले पुनः चर्चा पाएको छ । 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार नेतन्याहूसँग बाइडेनले बिहीबार गरेको कुराकानीमा सम्झौताका लागि आफ्ना वार्ताकारलाई सशक्त बनाउने विषयमा छलफल भएको थियो ।

वासिङ्टनले सम्झौता हुन नसक्नुमा हमासले बिरामी र अन्य जोखिममा रहेका बन्धकहरूलाई रिहा गर्न इन्कार गरेको आरोप लगाएको छ । कतारले विस्थापित गाजावासीको स्वदेश फिर्तीमा इजरायलको आपत्ति नै मुख्य बाधक भएको बताएको छ ।

इजरायललाई अमेरिकाले दिएको ठूलो सैन्य सहायतालाई लिएर यति बेला बाइडेन आफ्नै दल र विपक्षी नेताको तर्फबाट दबाबमा  छन् । इजरायलले युद्ध सञ्चालन गरेको विषयमा आलोचनात्मक टिप्पणी गरिए पनि वासिङ्टनले अहिलेसम्म त्यसको लाभ उठाउन सकेको छैन ।

इजरायलका विपक्षी प्रमुख याइर लापिड उच्च अधिकारीसँग वार्ताका लागि शनिबार वासिङ्टनतर्फ प्रस्थान गरेको उनको दलले पुष्टि गरेको छ । यश अतिद्लाई इजरायली मध्यमार्गी दलका रूपमा हेरिन्छ । लापिडले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

उनले सिनेटमा बहुमत प्राप्त दलका नेता चक शुमरलाई पनि भेट्ने छन् । गत महिना इजरायलमा मध्यावधि निर्वाचनको आह्वान गर्दै नेतन्याहुको विकल्प खोज्न इजरायली जनतालाई मौका दिनु उपयुक्त हुने उनले बताए ।लापिडसहित १० हजार इजरायलीले शनिबार तेल अभिभ र अन्य शहरमा नेतन्याहूविरुद्ध प्रदर्शन गर्दै ‘निर्बाचन’ को माग गरेका थिए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार भयानक द्वन्द्व अन्त्य हुनैपर्ने बताए । उनले भने, “हमासका आतङ्ककारीहरूको खतरालाई परास्त गर्न र उनीहरूको सुरक्षाको रक्षा गर्न इजरायलको अधिकारको पक्षमा हामी अडिग छौं । तर यो रक्तपातबाट बेलायतलगायत सिङ्गो संसार स्तब्ध भएको छ ।” 

ड्रोन आक्रमणमा परी डब्लुसीकेका कामदारको ज्यान जाने गरी भएको त्रुटि फेला परेपछि इजरायली सेनाले दुई जना अधिकारीलाई बर्खास्त गर्ने घोषणा गरेको छ । हमासले रातको समयमा हिँडिरहेका सहायता गाडीहरू जफत गरेको ‘गलत अनुमान’ का कारण घटना भएको इजरायली सैन्य कमाण्डरले बताएका छन् । 

अस्ट्रेलियाले सहायताकर्मीहरूको मृत्युमा इजरायलको प्रतिक्रियाको आलोचना गरेको छ । आक्रमणमा मारिनेमा अष्ट्रेलियाली नागरिक लालजावमी ‘जोमी’ फ्रैङ्ककम पनि रहेका थिए । अष्ट्रेलियाले आफ्नो अनुसन्धानमा ‘पारदर्शिता’ सुनिश्चित गर्न इजरायलसँग काम गर्न एक विशेष सल्लाहकार नियुक्त गर्ने जनाएको छ ।

आक्रमणपछि डब्लुसिकेको गाजा अभियान स्थगित गरिएको छ भने अन्य विश्वव्यापी सहायता समूहहरूले यस क्षेत्रमा राहत कार्य लगभग असम्भव भएको बताएका छन् । बाइडेन र नेतन्याहूको टेलिफोन वार्ताको केही घण्टामा नै अश्दोद बन्दरगाह र एरेज सीमा पार गरेर ‘अस्थायी’ सहायता वितरण गर्न अनुमति दिने इजरायलले घोषणा गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले छरिएर रहेका उपायभन्दा पनि आमूल उपायको खोजी गर्न आह्वान गरेका छन् । गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले शनिबार एएफपीसँग कुरा गर्दै गाजामा २४ लाख मानिसका लागि सहायता पर्याप्त नभएको बताए । 

करिब १५ लाख गाजावासीले इजिप्टसँगको सीमा नजिक दक्षिणमा रहेको रफाहमा आश्रय लिइरहेका छन् । शरणार्थी अवस्थामा बसेकी ५० वर्षीय महिला सिहाम अचुरले आफ्नो परिवार बस्दै आएको पालबाट आफूलाई सुरक्षित महशुस हुने गरी घरमा फिर्ता हुने वातावरण बनाइदिन आग्रह गर्दै भन्नुभयो, “हामी सामान्य नागरिक हौँ । युद्धसँग हाम्रो कुनै संलग्नता छैन । आफ्नो घर फर्किने वातावरण छिट्टै बनोस् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE