एजेन्सी । चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ बाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गरेका छन् ।
ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबीचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्गहरू खोल्न सहमत भएका छन् ।
चीन सरकारले विश्व बजारले धान्न सक्नेभन्दा बढी उत्पादन क्षमता सिर्जना गर्न सहयोग गर्दा सौर्य र विद्युतीय सवारी साधनजस्ता प्रमुख क्षेत्रमा सस्तो निर्यातको बाढीले अन्यत्र ती उद्योगहरूको वृद्धिलाई असर पार्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको चिन्ता रहेको छ ।
वाणिज्यमन्त्री वाङले आइतबार पेरिस भ्रमणका क्रममा ‘अमेरिका र युरोपले लगाएको ‘अत्यधिक क्षमता’ को आरोप आधारहीन भएको बताए । चिनियाँ विद्युतीय सवारी निर्माताको तीव्र वृद्धि नवीनता र स्थापित आपूर्ति श्रृङ्खलाका कारण भएको वाङले बताए ।
उनले बेइजिङले व्यवसायहरूलाई उनीहरूको हितरक्षाका लागि सहयोग गर्ने पनि बताए । बेइजिङले उद्योगका लागि राज्यको विशाल समर्थनको बारेमा चिन्तालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।
युरोपेली सङघ (ईयू) ले चिनियाँ विद्युतीय कारमा अनुदानको बारेमा अनुसन्धान सुरु गरेको छ जसले गर्दा कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा कर वृद्धि हुन सक्छ । गत महिना बेइजिङले यसलाई व्यापारमा देखिएको ‘सङरक्षणवाद’ को संज्ञा दिएको छ ।
येलेनले दक्षिणी शहर ग्वान्झाओ र राजधानी बेइजिङमा अधिकारी र व्यापारिक नेताहरूसँगको वार्तामा बारम्बार चीनको ‘क्षमताभन्दा बढी आपूर्ति’ को प्रसङ्गलाई उठाएका थिए ।
आफ्ना समकक्षी उपप्रधानमन्त्री हे लिफेङसँग भएको वृहत् छलफलमा उनले चिनियाँ नीति निर्माणको उच्च तहमा अन्तराृष्ट्रिय चासोका सवालबारे संवेदनशील बन्न आग्रह गरेका थिए । सिन्ह्वाका अनुसार लीले उत्पादन क्षमताको विषयलाई वासिङ्टनले ‘वस्तुनिष्ठ’ र ‘बजारमुखी’ दृष्टिकोणबाट हेर्नुपर्ने येलेनसँग बताए ।
उनले चीनको नयाँ ऊर्जा उद्योगको विकासले ‘विश्वव्यापी हरित र कम कार्बन सङक्रमणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: