Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

अझै खाली छ दुई अर्बमा निर्माण भएको झापाको बिजनेस टावर

खबरडबली संवाददाता

झापा ।  दुई अर्ब भन्दा बढी रूपैयाँ खर्च गरेको बनाइएको झापाको दमकमा निर्माणभएको बिजनेस टावरको औचित्य माथि प्रश्न उठ्न थालेको छ । उद्घाटन हुनै लाग्दा पनि बिजनेस टावरलाई व्यावासायिक प्रयोजनका लागि उपयोग गर्न कसैले चासो नदेखाएका कारण यसको औचित्यमाथि प्रश्न उठ्न थालेको हो । 

अब यसको उद्घाटन गर्न मात्र बाँकी छ । यसबाट उद्घाटनपछि पनि बिजनेस टावर रित्तै हुने हो कि भन्ने आशंका थपिएको छ । सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले बिजनेस टावरको सबै काम पूरा भइसकेको बताए। बिजनेस टावर बनाइरहेको ठेकेदार कम्पनीले पनि काम सकिएको दाबी गरेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा टावर निर्माण गरिएको हो।

१८ तला रहेको यस टावरमा १६ तलासम्म लिफ्टको व्यवस्था छ। १६ वटै तला पूर्णरूपमा व्यावसायिक प्रयोजनका लागि बनाइएको छ भने बाँकी दुई तला दृष्यावलोकनका लागि उपयुक्त छन्।

टावरको संरचना यसरी बनाइएको छ कि एकैपटक १८ वटै तलामा बिजुली अन र अफ गर्न सकिन्न। बिजुली अन र अफ गर्न प्रत्येक तलामा छुट्टा छुट्टै प्रणाली छ। सबै तला व्यावसायिक रूपमा प्रयोगमा आउन भन्ने उद्देश्यबाट यसको संरचना बनाइएको छ। अहिलेसम्म यसको एक तला पनि व्यावसायिक प्रयोजनका लागि बुक भएको छैन। न त कसैले बुकिङ गर्न औपचारिक चासो देखाएका छैनन्।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख सुदीप पौडेलले अहिलेसम्म कसैले पनि बिजनेस टावरको कुनै तला बुक गर्न औपचारिक रूपमा पहल नगरेको बताए।

‘अनौपचारिक रूपमा विभिन्न कुरा आउँछन् तर औपचारिक रूपमा अहिलेसम्म कसैले पनि टावरको तला बुक गर्न चासो देखाएको पाइएको छैन,’ उनले भने। अहिले टावरअगाडि उभिएर सेल्फी खिच्न मान्छेहरू टाढा टाढाबाट पुग्ने गर्छन् तर टावरभित्र भने चहलपहल शून्य छ।

यो टावर दमक बजारबाट करिब ६ किलोमिटर पश्चिममा छ। त्यसैले यसको व्यवस्थापन र सञ्चालन गर्न खर्चिलो हुने अनुमान गरिएको छ। बजारभन्दा ६ किलोमिटर टाढा भएकाले तत्काल त्यहाँ सपिङ मल, जिम हल, हस्पिटल, ब्युटीपार्लर राख्दा नाफामा जाने सम्भावना कम भएकाले केही समय बिजनेस टावरका धेरै भाग वा आधा भागसम्म पनि रित्तै हुने संभावना रहेको सहरी विकास तथा भवन निर्माण विभागका एक उच्च कर्मचारी बताउँछन्।

गत फागुन १४ गते तत्कालीन सहरी विकासमन्त्री सीता गुरुङले बिजनेस टावरको उद्घाटन गर्ने तयारी गरेकी थिइन्। यसको लागि मन्त्रालयले निमन्त्रणा कार्डसमेत छपाइसकेको थियो। त्यतिबेला टावरको काम ९५ प्रतिशत मात्र पूरा थियो।

बिजनेस टावरको काम नसकिँदै उद्घाटन गर्न हतार भएको भन्दै विरोध भएपछि मन्त्रालयले फागुन १४ गतेको कार्यक्रम गर्नबाट पछि हटेको थियो। अहिले पनि टावरको उद्घाटन गर्न मन्त्रालय हतारिएको छ। मन्त्रालयका सचिव गेलालले भने टावर उद्घाटनको टुंगो अझै नलागेको बताए।

मन्त्रालय स्रोत भन्छ, यसको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले गर्न चाहेका छन्। किनभने झापा ओलीको गृह जिल्ला हो। यो उनको ‘ड्रिम प्रोजेक्ट’ पनि हो। यसको उद्घाटनपछि टावरको सञ्चालन र व्यवस्थापनको जिम्मा कसले लिन्छ भन्ने अझै टुंगो लागेको छैन। मन्त्रालयका अनुसार अहिले पनि टावर निर्माण गरेको कम्पनीलाई १७ करोड रूपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ।

टावर निर्माण गरिरहेको कम्पनी ओम साइराम कन्स्ट्रक्सनको प्रोजेक्ट मेनेजर सरजल बिडारीले सरकारले सबै रकम ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकेपछि मात्र यसको उद्घाटन गर्न उपयुक्त हुने बताए। ठेकेदार कम्पनीलाई भुक्तानी नगरी टावरको उद्घाटन गर्न सरकारले हतार गर्न नहुने उनको भनाइ छ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा झापामा बिजनेस टावर बनाउने घोषणा उनले गरेका थिए। यसको शिलान्यास भने दोस्रोपटक प्रधानमन्त्री भएको बेला गरिएको थियो। टावरको ठेक्का चिनियाँ कम्पनी तेडिआइ फिजेदले पाएको छ भने ओम साइराम र आशिष कन्स्ट्रक्सन त्यसका नेपाली साझेदार हुन्।

यो टावर धरहराभन्दा पनि अग्लो छ। धरहरा ७२ मिटर अग्लो छ भने टावर सय मिटरको छ। त्यसमध्ये २८ मिटर स्टिलको टावर मात्र छ। यसको १८ तलासम्म सर्वसाधारण पुग्न सक्छन् तर प्राविधिक भने स्टिलको टावरसम्मै पुग्ने व्यवस्था मिलाइएको छ।

यो दमक नगरपालिकाका–३ मा करिब पाँच बिगाहा जग्गामा फैलिएको छ। २०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख ३९ हजारमा २०७८ असार २७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८० असार २७ गतेसम्म म्याद थप गरिएको थियो।

त्यसपछि पनि काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरियो। दोस्रोपटक म्याद थप गर्दा १० करोड २७ लाख ८१ हजार रूपैयाँ थप खर्च भई संशोधित सम्झौता एक अर्ब ६६ करोड ४२ लाख २० हजार रूपैयाँ पुगेको थियो।

महालेखा परीक्षकको रिपोर्टमा टावरको औचित्यमाथि प्रश्न उठाइएको छ। महालेखाको ६० औं प्रतिवेदनमा माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...

पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

पहिरोले थुनियो अरनिको राजमार्ग, अन्य सडकमा पनि जोखिम बढ्दो

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...

आफ्नै नीतिमा आफैं अल्झिए सांसद खनाल, पुर्जा नभएकै जग्गामा नक्सापासबिनै घर

कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...

पाकिस्तानमा पनि बुद्ध जयन्ती

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending