काठमाडौं । प्रहरी प्रधान कार्यालयले बौद्व भिक्षुमाथि हातपात गर्ने प्रहरीलाई विभागिय कारवाही गर्ने भएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा भद्रकालीमा भएको घटनामा बौद्धभिक्षुमाथि लात हान्ने प्रहरीलाई विभागिय कारवाही गरिने भएको हो ।
प्रहरीले भने बटुवा भिक्षुमाथि बल प्रयोग नगरिएको र प्रदर्शनमा आएकोलाई नै बल प्रयोग गरिएको बताएको छ । टोमा हिँडिरहेका भिक्षुलाई प्रहरीले कुटेको नभएको र प्रदर्शनमै आएका भिक्षुहरुमाथि भने प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए ।
बौद्ध भिक्षुमाथि आक्रमण गर्नु ‘पाप’ हो भन्ने धारणा आम मानिसमा रहेको छ । तर, प्रहरीले भिक्षुमाथि लात्ती हानेको भिडिओ भाइरल छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा भद्रकालीमा घटना भएको थियो । भाइरल भिडिओमा हिँडिरहेका २ जना भिक्षुमाथि प्रहरीले लात्ती हानेको देखिन्छ । गेरु बस्त्रमा रहेका भिक्षुलाई लात्ती प्रहार गर्ने प्रहरीको आलोचना भइरहेको छ ।
प्रहरीले उनीहरूलाई यत्तिकै लात्ती भने हानेको थिएन । पछि सार्वजनिक अर्को भिडिओ हेर्दा थाहा भयो ती भिक्षुहरू पनि आन्दोलनमै आएका रहेछन् । प्रदर्शनमा ढुंगामुडा गर्ने उनीहरु रहेछन् । प्रहरीसँगको झडपपछि अरू प्रदर्शनकारी भागे । तर, ती भिक्षु आवरणमा प्रदर्शनकारी बिस्तारै हिँडेर अरू प्रदर्शनकारीतर्फ जाँदै थिए । त्यो बेलामा प्रहरीले उनीलाई पछाडिबाट लात्तिले हानेको हो ।
यद्धपी प्रदर्शनमा भिक्षु कसरी पुगे भन्ने बारेमा प्रहरीलेसमेत अनुसन्धान थालेको छ । महतोले सद्भाव भड्काउने योजनासहित भिक्षुका आवरणमा केही गेरु बस्त्रधारीलाई प्रदर्शनमा उतारेको आशंका प्रहरीको छ ।
लात्ती हान्ने २ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही हुने प्रहरीले स्पष्ट पारिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: