काठमाडौं । प्रहरी प्रधान कार्यालयले बौद्व भिक्षुमाथि हातपात गर्ने प्रहरीलाई विभागिय कारवाही गर्ने भएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा भद्रकालीमा भएको घटनामा बौद्धभिक्षुमाथि लात हान्ने प्रहरीलाई विभागिय कारवाही गरिने भएको हो ।
प्रहरीले भने बटुवा भिक्षुमाथि बल प्रयोग नगरिएको र प्रदर्शनमा आएकोलाई नै बल प्रयोग गरिएको बताएको छ । टोमा हिँडिरहेका भिक्षुलाई प्रहरीले कुटेको नभएको र प्रदर्शनमै आएका भिक्षुहरुमाथि भने प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए ।
बौद्ध भिक्षुमाथि आक्रमण गर्नु ‘पाप’ हो भन्ने धारणा आम मानिसमा रहेको छ । तर, प्रहरीले भिक्षुमाथि लात्ती हानेको भिडिओ भाइरल छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा भद्रकालीमा घटना भएको थियो । भाइरल भिडिओमा हिँडिरहेका २ जना भिक्षुमाथि प्रहरीले लात्ती हानेको देखिन्छ । गेरु बस्त्रमा रहेका भिक्षुलाई लात्ती प्रहार गर्ने प्रहरीको आलोचना भइरहेको छ ।
प्रहरीले उनीहरूलाई यत्तिकै लात्ती भने हानेको थिएन । पछि सार्वजनिक अर्को भिडिओ हेर्दा थाहा भयो ती भिक्षुहरू पनि आन्दोलनमै आएका रहेछन् । प्रदर्शनमा ढुंगामुडा गर्ने उनीहरु रहेछन् । प्रहरीसँगको झडपपछि अरू प्रदर्शनकारी भागे । तर, ती भिक्षु आवरणमा प्रदर्शनकारी बिस्तारै हिँडेर अरू प्रदर्शनकारीतर्फ जाँदै थिए । त्यो बेलामा प्रहरीले उनीलाई पछाडिबाट लात्तिले हानेको हो ।
यद्धपी प्रदर्शनमा भिक्षु कसरी पुगे भन्ने बारेमा प्रहरीलेसमेत अनुसन्धान थालेको छ । महतोले सद्भाव भड्काउने योजनासहित भिक्षुका आवरणमा केही गेरु बस्त्रधारीलाई प्रदर्शनमा उतारेको आशंका प्रहरीको छ ।
लात्ती हान्ने २ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही हुने प्रहरीले स्पष्ट पारिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: