एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले मङ्गलबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटका क्रममा बेइजिङले मस्कोसँग रणनीतक सहयोगलाई बलियो बनाउने र दुवै मुलुक ‘निष्पक्षता र न्याय’ को पक्षमा उभिनुपर्ने बताएका छन् ।
युक्रेनमा रुसको युद्ध जारी रहेका बेला दुवै मुलुकबीच कूटनीतिक सम्बन्धलाई बलियो बनाउन लाभरोभ सोमबार दुई दिवसीय औपचारिक भ्रमणका क्रममा चीन पुगेका छन् । रुस र चीनले हालैका वर्षहरूमा सम्पर्कहरू बढाएका छन् र युक्रेनमा आक्रणमपछि उनीहरूबीचको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।
यद्यपि विश्लेषकहरूका अनुसार रुससँगको सम्बन्धमा चीनको हात माथि रहेको छ र मस्कोको अन्तर्राष्ट्रिय एक्लोपन गहिरिँदै जाँदा चीनको प्रभाव पनि बढ्दै गएको छ । मङ्गलबारको बैठकमा चिनियाँ विदेशमन्त्री वाङले वाचा गर्दै भने, “चीनले (भ्लादिमिर) पुटिनको नेतृत्वमा रुसलाई स्थिर विकासको समर्थन गर्नेछ ।”
आरआइए नोभोस्ती समाचार समितिका अनुसार वाङले भने, “बेइजिङ र मस्कोले विश्व मञ्चमा रणनीतिक सहयोगलाई बलियो बनाउन र एक आपसमा बलियो समर्थन प्रदान गर्न जारी राख्नेछन्, राष्ट्रपति पुटिनको बलियो नेतृत्वमा रुसी जनताको भविष्य उज्जव हुनेछ ।”
जवाफमा लाभरोभले राष्ट्रपति पुटिन हालै पुनः निर्वाचित भएकाेमा चीनको ‘समर्थन’ का लागि धन्यवाद दिए । इजभेस्टियाले टेलिग्राममा साझा गरेको बैठकको एक भिडियोअनुसार उनले भने, “चिनियाँ राष्ट्रपति सी जिनपिङ निर्वाचित राष्ट्रपति पुटिनलाई बधाई पठाउने पहिलो मानिसहरूमा थिए । हामी यो समर्थनका लागि हाम्रो चिनियाँ मित्रहरूप्रति आभारी छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: