Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

लाभरोभको भ्रमणका क्रममा चीनले रुससँग ‘रणनीतिक सहयोग सुदृढ’ बनाउने

खबरडबली संवाददाता

एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले मङ्गलबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटका क्रममा बेइजिङले मस्कोसँग रणनीतक सहयोगलाई बलियो बनाउने र दुवै मुलुक ‘निष्पक्षता र न्याय’ को पक्षमा उभिनुपर्ने बताएका छन् । 

युक्रेनमा रुसको युद्ध जारी रहेका बेला दुवै मुलुकबीच कूटनीतिक सम्बन्धलाई बलियो बनाउन लाभरोभ सोमबार दुई दिवसीय औपचारिक भ्रमणका क्रममा चीन पुगेका छन् । रुस र चीनले हालैका वर्षहरूमा सम्पर्कहरू बढाएका छन् र युक्रेनमा आक्रणमपछि उनीहरूबीचको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।

यद्यपि विश्लेषकहरूका अनुसार रुससँगको सम्बन्धमा चीनको हात माथि रहेको छ र मस्कोको अन्तर्राष्ट्रिय एक्लोपन गहिरिँदै जाँदा चीनको प्रभाव पनि बढ्दै गएको छ । मङ्गलबारको बैठकमा चिनियाँ विदेशमन्त्री वाङले वाचा गर्दै भने, “चीनले (भ्लादिमिर) पुटिनको नेतृत्वमा रुसलाई स्थिर विकासको समर्थन गर्नेछ ।” 

आरआइए नोभोस्ती समाचार समितिका अनुसार वाङले भने, “बेइजिङ र मस्कोले विश्व मञ्चमा रणनीतिक सहयोगलाई बलियो बनाउन र एक आपसमा बलियो समर्थन प्रदान गर्न जारी राख्नेछन्, राष्ट्रपति पुटिनको बलियो नेतृत्वमा रुसी जनताको भविष्य उज्जव हुनेछ ।”

जवाफमा लाभरोभले राष्ट्रपति पुटिन हालै पुनः निर्वाचित भएकाेमा चीनको ‘समर्थन’ का लागि धन्यवाद दिए । इजभेस्टियाले टेलिग्राममा साझा गरेको बैठकको एक भिडियोअनुसार उनले भने, “चिनियाँ राष्ट्रपति सी जिनपिङ निर्वाचित राष्ट्रपति पुटिनलाई बधाई पठाउने पहिलो मानिसहरूमा थिए । हामी यो समर्थनका लागि हाम्रो चिनियाँ मित्रहरूप्रति आभारी छौँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्रेषणको रकम जलविद्युत आयोजनामा लगानी गर्न समझदारी

काठमाडौं । विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  आज लग...

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा...

बझाङमा उप निर्वाचन: एकीकृत समाजवादीसहित आठ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ ।  एमा...

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भार...

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ:एमाले अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न ...

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं: परराष्ट्र मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृ...

इलाम-२ मा एमालेका सुहाङको अग्रता कायमै

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ क...

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ ।  यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई स...

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।  गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका ...

अर्घाखाँचीमा आगोमा परी चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ ।  भूमिकास्थान नगरपालिका-५ असुरकोट...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies