नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएको हो ।
अठहत्तर वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहनुभएको छ । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएको छिन् । गत जनवरीमा भने उनले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गरेको थिइन् ।
भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गरिन्। उनले आफू मृत्युदण्डको सजायबाट नडराउने पनि बताइन्।
“मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए । तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ”, उनले भनिन्।
स्वदेश फर्किनेबारे सोधिएको प्रश्नमा हसिनाले भनिन्, “सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसैवर्ष आफ्नो देश फर्कनेछु ।”
गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।
यसैबिच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ । उता, गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबिच मतभेद कायमै छ । बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्याउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...
आषाढ़ १५ गते, २०८३ - ११:२६
काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...
आषाढ़ १५ गते, २०८३ - ११:११
नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...
आषाढ़ १५ गते, २०८३ - १०:४७
कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...
आषाढ़ १५ गते, २०८३ - १०:२७
नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...



प्रतिकृया लेख्नुहोस्: