Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास

खबरडबली संवाददाता

 एजेन्सी । दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।

सबैभन्दा रक्तपातपूर्ण गाजा युद्धको छ महिनापछि कतार, इजिप्ट र अमेरिकाका मध्यस्थकर्ताहरूले अर्को अस्थायी युद्धविरामको प्रस्ताव राखेको हमासको एक स्रोतले बताएको छ । तीन भागको प्रस्तावले इजराइलमा प्यालेस्टिनी कैदीहरूका लागि हमासले कब्जामा राखेका बन्धकहरूको आदानप्रदानको सुविधा प्रदान गर्न छ साताका लागि लडाइँ रोक्नेछ । 

मध्यस्थकर्ताहरूको प्रयासको ‘प्रशंसा’ गर्दै हमासले मङ्गलबार वार्ताका क्रममा इजराइलमाथि आफ्नो कुनै पनि मागको जवाफ नदिएको आरोप लगाएको छ । “यस्तो अवस्था भए पनि आन्दोलनको नेतृत्वले प्रस्तावको अध्ययन गरिरहेको छ”, हमासले एक विज्ञप्तिमा भनेको छ ।

महिनौँको भीषण लडाइँपछि इजराइलले सप्ताहन्तमा दक्षिणी सहर खान युनिसबाट आफ्नो सेना हटाएको घोषणा गरेको छ । रफाहमा घुसपैठसहित युद्धको अर्को चरणको तयारीमा सैनिकहरूलाई मद्दत होस् भनेर सेना हटाएको उसले बताएको छ । 

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार अब गाजा क्षेत्रको सबैभन्दा दक्षिणी सहरमा स्थल सेना पठाउने मिति तय गरिएको बताएका थिए । उक्त सहरमा अधिकांश विस्थापित प्यालेस्टिनी बस्छन् । 

विदेशी शक्ति र मानवतावादी समूहहरूले ठूलो मात्रामा नागरिक हताहत हुने डरका कारण उक्त सहरमा कुनै अभियान सञ्चालन नगर्न इजराइलसँग आग्रह गरेका छन् । यद्यपि नेतान्याहु र उनका सैन्य कमान्डरहरूले त्यसो नगरे हमासमाथि विजय हासिल गर्न नसकिने बताए । 

“कारवाही हुनेछ, तारिख १ हो, यसमा समय निर्दिष्ट गरिएको छैन”, नेतान्याहुले भने । जवाफमा इजराइलको मुख्य समर्थक अमेरिकाले रफाह अपरेसनप्रति आफ्नो आपत्ति दोहोर्याउँदै यसले ‘अन्ततः इजराइलको सुरक्षालाई क्षति पुर्याउने’ बताएको छ । इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले गाजामा हमला जारी राखिने बताए पनि यसलाई ‘युद्धविरामका लागि सही समय’ भनेका थिए । 

इजराइलमाथि आफ्नो युद्ध रोक्न र भोकमरीको क्षेत्रमा थप मानवीय सहायताको अनुमति दिन व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपरिरहेका बेला सेनाको फिर्ती भएको हो । अक्टोबर ७ को हमलापछि युद्ध सुरु भयो र इजराइली नाकाबन्दीले गाजाबासी खाना, पानी र अन्य आधारभूत आपूर्तिबाट वञ्चित भएका छन् । सहायता वितरणबाट चरम अभावलाई न्यूनरूपमा कम गरिएको छ । मानवतावादी समूहहरूले आपूर्तिको कमीबाट आसन्न ‘मानव निर्मित’ अनिकाललाई रोक्न नसकिने चेतावनी दिएका छन् । 

गाजा क्षेत्रमा सहायता प्रवाहको व्यवस्थापन गर्ने इजराइली संस्था सिओजिएटीका अनुसार सोमबार चार सय १९ ट्रकलाई गाजा क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको छ । यो युद्ध सुरु भएपछि एक दिनमा सबैभन्दा ठूलो प्रवेश अनुमति हो ।

युद्ध रोक्ने पछिल्लो प्रस्तावमा छ साताको युद्धविराम हुने र नौ सय प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली महिला र बालबालिका बन्धकलाई रिहा गरिने उल्लेख भएको हमासको एक स्रोतले सोमबार बताएको छ । उक्त सम्झौताले गाजा क्षेत्रको उत्तरमा विस्थापित प्यालेस्टिनी नागरिकहरूको फिर्ती र प्रतिदिन चार सयदेखि पाँच सय ट्रकलाई खाद्य सहायताको अनुमति पनि दिने स्रोतले बताएको छ । 

गतिरोधसँगै समाप्त भएको वार्ताको मध्यस्थताको पछिल्लो चरणमा हमासले व्यापक युद्धविराम, गाजा क्षेत्रबाट इजराइली सेनाको पूर्ण फिर्ती र सहायता वितरणमा नियन्त्रणको माग गरेको छ । महिनौँको वार्ता र मध्यस्थता कूटनीति जारी रहे पनि अहिलेसम्म एउटा मात्र युद्धविराम सम्झौता नोभेम्बरमा भएको थियो । उक्त सम्झौताअन्तर्गत ७८ बन्धक र सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE