Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास

खबरडबली संवाददाता

 एजेन्सी । दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।

सबैभन्दा रक्तपातपूर्ण गाजा युद्धको छ महिनापछि कतार, इजिप्ट र अमेरिकाका मध्यस्थकर्ताहरूले अर्को अस्थायी युद्धविरामको प्रस्ताव राखेको हमासको एक स्रोतले बताएको छ । तीन भागको प्रस्तावले इजराइलमा प्यालेस्टिनी कैदीहरूका लागि हमासले कब्जामा राखेका बन्धकहरूको आदानप्रदानको सुविधा प्रदान गर्न छ साताका लागि लडाइँ रोक्नेछ । 

मध्यस्थकर्ताहरूको प्रयासको ‘प्रशंसा’ गर्दै हमासले मङ्गलबार वार्ताका क्रममा इजराइलमाथि आफ्नो कुनै पनि मागको जवाफ नदिएको आरोप लगाएको छ । “यस्तो अवस्था भए पनि आन्दोलनको नेतृत्वले प्रस्तावको अध्ययन गरिरहेको छ”, हमासले एक विज्ञप्तिमा भनेको छ ।

महिनौँको भीषण लडाइँपछि इजराइलले सप्ताहन्तमा दक्षिणी सहर खान युनिसबाट आफ्नो सेना हटाएको घोषणा गरेको छ । रफाहमा घुसपैठसहित युद्धको अर्को चरणको तयारीमा सैनिकहरूलाई मद्दत होस् भनेर सेना हटाएको उसले बताएको छ । 

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार अब गाजा क्षेत्रको सबैभन्दा दक्षिणी सहरमा स्थल सेना पठाउने मिति तय गरिएको बताएका थिए । उक्त सहरमा अधिकांश विस्थापित प्यालेस्टिनी बस्छन् । 

विदेशी शक्ति र मानवतावादी समूहहरूले ठूलो मात्रामा नागरिक हताहत हुने डरका कारण उक्त सहरमा कुनै अभियान सञ्चालन नगर्न इजराइलसँग आग्रह गरेका छन् । यद्यपि नेतान्याहु र उनका सैन्य कमान्डरहरूले त्यसो नगरे हमासमाथि विजय हासिल गर्न नसकिने बताए । 

“कारवाही हुनेछ, तारिख १ हो, यसमा समय निर्दिष्ट गरिएको छैन”, नेतान्याहुले भने । जवाफमा इजराइलको मुख्य समर्थक अमेरिकाले रफाह अपरेसनप्रति आफ्नो आपत्ति दोहोर्याउँदै यसले ‘अन्ततः इजराइलको सुरक्षालाई क्षति पुर्याउने’ बताएको छ । इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले गाजामा हमला जारी राखिने बताए पनि यसलाई ‘युद्धविरामका लागि सही समय’ भनेका थिए । 

इजराइलमाथि आफ्नो युद्ध रोक्न र भोकमरीको क्षेत्रमा थप मानवीय सहायताको अनुमति दिन व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपरिरहेका बेला सेनाको फिर्ती भएको हो । अक्टोबर ७ को हमलापछि युद्ध सुरु भयो र इजराइली नाकाबन्दीले गाजाबासी खाना, पानी र अन्य आधारभूत आपूर्तिबाट वञ्चित भएका छन् । सहायता वितरणबाट चरम अभावलाई न्यूनरूपमा कम गरिएको छ । मानवतावादी समूहहरूले आपूर्तिको कमीबाट आसन्न ‘मानव निर्मित’ अनिकाललाई रोक्न नसकिने चेतावनी दिएका छन् । 

गाजा क्षेत्रमा सहायता प्रवाहको व्यवस्थापन गर्ने इजराइली संस्था सिओजिएटीका अनुसार सोमबार चार सय १९ ट्रकलाई गाजा क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको छ । यो युद्ध सुरु भएपछि एक दिनमा सबैभन्दा ठूलो प्रवेश अनुमति हो ।

युद्ध रोक्ने पछिल्लो प्रस्तावमा छ साताको युद्धविराम हुने र नौ सय प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली महिला र बालबालिका बन्धकलाई रिहा गरिने उल्लेख भएको हमासको एक स्रोतले सोमबार बताएको छ । उक्त सम्झौताले गाजा क्षेत्रको उत्तरमा विस्थापित प्यालेस्टिनी नागरिकहरूको फिर्ती र प्रतिदिन चार सयदेखि पाँच सय ट्रकलाई खाद्य सहायताको अनुमति पनि दिने स्रोतले बताएको छ । 

गतिरोधसँगै समाप्त भएको वार्ताको मध्यस्थताको पछिल्लो चरणमा हमासले व्यापक युद्धविराम, गाजा क्षेत्रबाट इजराइली सेनाको पूर्ण फिर्ती र सहायता वितरणमा नियन्त्रणको माग गरेको छ । महिनौँको वार्ता र मध्यस्थता कूटनीति जारी रहे पनि अहिलेसम्म एउटा मात्र युद्धविराम सम्झौता नोभेम्बरमा भएको थियो । उक्त सम्झौताअन्तर्गत ७८ बन्धक र सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्रेषणको रकम जलविद्युत आयोजनामा लगानी गर्न समझदारी

काठमाडौं । विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  आज लग...

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा...

बझाङमा उप निर्वाचन: एकीकृत समाजवादीसहित आठ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ ।  एमा...

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भार...

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ:एमाले अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न ...

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं: परराष्ट्र मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृ...

इलाम-२ मा एमालेका सुहाङको अग्रता कायमै

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ क...

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ ।  यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई स...

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।  गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका ...

अर्घाखाँचीमा आगोमा परी चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ ।  भूमिकास्थान नगरपालिका-५ असुरकोट...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies