Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

‘अग्निपीडितको पुनःस्थापनाका लागि सीप विकास आवश्यक’

खबरडबली संवाददाता

काठमाडौं । सरोकारवालाहरुले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनःस्थापनाका लागि उनीहरुको सीप विकासमा जोड दिएका छन् ।

आज यहाँ ‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’द्वारा आयोजित ‘अग्निजन्य दुर्घटना तथा हिंसा, सचेतना र उपचारमा पहुँचसम्बन्धी नीतिगत बहस’मा सहभागी सांसद गोपीबहादुर सार्की आछामीले समाजमा त्यस्ता पीडितहरुलाई कसरी पुनःस्थापनाको बाटोमा लाने भन्नेमा चुनौती रहेको बताए । 

“उहाँहरुलाई सीप विकास तथा उत्पादनमा लैजानका लागि सहयोग गर्नुपर्छ । जलनका घटनाहरु भवितव्य हुन्छन् र कतिपय अपराधजन्य घटना नियतवश घटाइएका पनि हुन्छन्”, उनले भने, “यसको न्यूनीकरणका लागि जनचेतना तथा कम्तीमा आधारभूत तहमा शिक्षाको आवश्यकता छ । कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ ।” 

सांसद देवेन्द्र पौडेलले अग्निपीडितलाई पीडामाथि पीडा थप्ने व्यवहार हुने गरेको बताए । उनले भने, “यसप्रकारको समस्या अन्त्य गर्न सामाजिक जागरणको आवश्यकता देखिन्छ । पीडितलाई उपचारको उचित प्रबन्ध मिलाइनुपर्छ । यसबारे अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन जरुरी देखिन्छ ।” उनले पीडितहरुलाई सम्मानजनक व्यवहार र रोजगारीको आवश्यकता रहेको बताए । 

एसिड आक्रमणको सिकार भएकी सांसद विन्दवासिनी कंसाकारले आफूले जलन पीडितका लागि निरन्तर वकालत गर्दै आइरहेको बताइन् । उनले पीडितहरुलाई हिम्मत नहारी निरन्तर अघि बढ्न सुझाव दिइन । उनले भनिन्, “यसबारे जनचेतनाका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । मैले खेलकुद रङ्गशालामा पनि जलनसम्बन्धी सचेतना फैलाउन होर्डिङ बोर्ड, एम्बुलेन्सको व्यवस्था, अग्नि नियन्त्रकको व्यवस्थाका लागि पहल गरिरहेको छु ।”

सांसद राजेन्द्रलक्ष्मी गैरेले जलनसम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, “स्थानीय सरकारले जलनपीडितको प्राथमिक उपचारका लागि थोरै भएपनि बजेट बिनियोजन आवश्यक छ, यसका लागि हामीहरुले पहल गर्नुपर्छ ।”

सांसद अम्मरबहादुर थापाले यो विषय संवेदनशील रहेको भन्दै समाजमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । अग्निपीडित रेनुका श्रेष्ठले पीडितहरुले समाजबाट तिरस्कार भोग्नुपरेको पीडा सुनाइन । उनले भनिन्, “म अग्निपीडित हो । मैले पनि त्यस्तो समस्या भोगेँ । तर निकै अप्ठ्याराबीच पनि आत्मनिर्भर बन्न सकेकि छु । हामीजस्ता पीडितहरुले उत्पादन गर्ने सामान बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्छ ।”

‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’का कार्यक्रम व्यवस्थापक श्रीकृष्ण थापाले अग्निजन्य दुर्घटना तथा हिंसा बढेको बताउँदै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले भने, “धेरै पीडितहरु सेवा सुविधाबाट नै बञ्चित हुनुपरेको अवस्था छ । एसिडपीडितलाई सरकारले ध्यान दिनुपर्नेमा त्यसो हुन सकेको छैन । यसका लागि उनीहरुको सीप विकास तथा सामाजिक पुनःस्थापना जरुरी देखिन्छ ।”

बहसमा सहभागी सरोकारवालाहरुले प्रदेशस्तरीय अस्पतालमा जलनको उपचार व्यवस्था राम्रो हुुनुपर्ने, पीडितको पुनःस्थापनाका लागि पहल गर्नुपर्ने, जलन उपचार कोषको व्यवस्था गरिनुपर्ने, अस्पतालमा जलन युनिट स्थापना गरिनुपर्ने, पाठ्यक्रममा यस विषयमा समावेश गरिनुपर्नेलगायतका धारणा राखे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: