तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।
त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिए । निर्माणाधीन पुलका लागि रु २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा रु तीन करोड २६ लाख २१ हजार खर्च भएको छ । चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा रु ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा रु ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।
गत आवमा रु ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा रु ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा रु ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा रु ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा रु ५० लाखमा पुल बनेका हुन् ।
इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा रु ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा रु चार करोडको लागतमा पुल निर्माणाधीन छ । शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा रु तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा रु एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा रु एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा रु एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।
यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा रु एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा रु एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा रु ५० लाखको लागतमा पुल बनिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: