Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भनेका छन् ।

छ महिना लामो युद्धका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको भन्दै विश्वव्यापी आक्रोश बढेसँगै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले द्वन्द्व व्यवस्थापनलाई सही दिशा दिन नसकेको बताए । उनले गाजामा युद्धविरामको आवश्यकता दोहोर्‍याए । 

“मलाई लाग्छ, उहाँले जे गरिरहनुभएको छ, त्यो गल्ती हो । म उहाँको दृष्टिकोणसँग सहमत छैन,” बाइडेनले स्पेनी भाषाको टिभी नेटवर्क युनिभर्सियनलाई दिएको अन्तर्वार्तामा भने । 

उनले नेतन्याहूलाई ‘युद्धविरामका लागि आह्वान गर्न, आगामी छदेखि आठ हप्ताका लागि अनुमति दिन र देशमा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न’ आग्रह गरे । 

अमेरिका, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो जसले गाजा पट्टीमा बढ्दो भोकमरी सङ्कटलाई सम्बोधन गर्न सहायता वितरण बढाउने प्रस्ताव पनि गरे । 

इजरायलले सहायतामा कुनै प्रतिबन्ध नलगाएको र अमेरिका र संयुक्त राष्ट्रसङ्घको मागलाई पालना गरेको जनाएको छ ।
मानवीय सामग्रीको प्रवाह बढाउन कदम चाल्न इजरायल सरकारको नाममासर्वोच्च अदालतबाट बुधबारसम्मको समयसीमा तोकिएको छ । 

इजरायलले राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाएको र गाजावासीलाई आधारभूत आवश्यकता प्रदान गर्न असफल भएको आरोप लगाउने पाँच गैरसरकारी संस्थाहरूले यो मुद्दा उठाएका थिए ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लुएले मङ्गलबार भनेको छ, “अनिकालको खबर पछि फेब्रुअरी र मार्चमा ४० प्रतिशतभन्दा बढी खाद्यान्न वितरण अभियानलाई बञ्चित गरिएको छ । मार्चपछि कुनै पनि यूएनआरडब्लुएका खाद्य सामग्री बोकेका गाडीलाई अनुमति दिइएको छैन ।”

मानवतावादीहरूले इजरायलले गाजामा भोकमरीलाई युद्धको विधिको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, जहाँ संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूले गाजाको जनसङ्ख्याको भण्डै आधा अर्थात् ११ लाख व्यक्तिले ‘घातक’ खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् । 

कोगाट नामक समुद्रपार आपूर्ति गर्ने इजरायली निकायका अनुसार आइतबार र सोमबार ७४१ वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन् भने मङ्गलबार थप ४६८ वटा ट्रक गाजा प्रवेश गरेका छन् ।

अक्टोबर ७ मा युद्ध सुरु हुनुअघि दैनिक करिब ५०० ट्रकले गाजालाई आपूर्ति गर्थे । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावरले पछिल्ला दिनहरूमा गाजामा आपूतिका लागि समुद्री क्षेत्रमा परिवर्तन देखिएको तर इजरायलले अझै धेरै गर्न आवश्यक रहेको बताए । 

उनले मङ्गलबारको सुनुवाइका क्रममा अमेरिकी सांसदहरूसँग भने, “गाजा र सुपरमार्केटमा अनिकालजस्तो अवस्था छ भने खाद्यान्न प्रवेशका लागि बाटो अवरोध हुँदा केही किलोमिटर टाढा खाद्यान्नको ह्रास लागेको छ ।”

ह्वाइट हाउसले इजरायलले युद्धविरामका लागि ‘केही कदम अघि बढाएको’ बताएको छ भने हमासको प्रतिक्रिया ‘उत्साहजनक भन्दा कम’ रहेको बताएको छ । पछिल्लो प्रस्तावअनुसार छ हप्तासम्म युद्ध रोकिने, गाजामा रहेका करिब ४० महिला र बालबालिकालाई इजरायलले बन्धक बनाएका सयौं प्यालेस्टाइनी कैदीसँग आदानप्रदान गर्ने र दैनिक ५०० सम्म सहायता ट्रक गाजा प्रवेश गर्ने हमासको स्रोतले जनाएको छ ।

हमासका नेता इस्माइल हनियेहले इजरायलले युद्ध अन्त्यको मागलाई सम्बोधन गर्न असफल भएको आरोप लगाए । इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायलले ‘आफ्ना सबै बन्धकहरूलाई’ घर फर्काउने र गाजा क्षेत्रबाट लडाकूहरूलाई हटाउने दोहोरो लक्ष्य हासिल गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE