Ntc summer Offer
Khabar Dabali ६ असार २०८२ शुक्रबार | 20th June, 2025 Fri
Investment bank

पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन

खबरडबली संवाददाता

पर्वत। पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।

यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपिडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । दिउँसोमा मात्र ओपिडी सेवा सञ्चालन गर्दा बिहान र बेलुका बिरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो हाउन थालेपछि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए।

बिहानदेखि साँझ अबेरसम्म सेवा सञ्चालन हुँदा दैनिक मजदुरीमा जाने, शिक्षक तथा अन्य कर्मचारीलेसमेत सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने उनको भनाइ छ। विशेषगरी मजदुर, कर्मचारी, शिक्षक लगायतको सुविधाका लागि यो सेवा सुरु गरिएको हो। पर्वत अस्पतालले बिहान र बेलुकाका समयमा ओपिडी’ सेवा सुरु गरेपछि दिवासत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकालाई राहत हुने उनले बताए।

दिउँसो मात्र सेवा प्रदान गर्दा बिरामीको घुइँचो बढी हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए। उनका अनुसार दिवासत्रका रूपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने गरेकामा अब बिहान ७ बजेदेखि सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। थप भएको समयमा सेवा लिँदा कुनै पनि थप शुल्क नलाग्ने उनको भनाइ छ।

सेवाग्राहीको सहजताका लागि कर्मचारी तथा चिकित्सक थप समय अस्पतालमा खटिन तयार भएपछि समय पनि थप गरिएको डा बास्तोलाले बताए। शनिबार र सार्वजनिक बिदाका दिनमा भने ओपिडी सेवा पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए । उनका अनुसार थप गरिएको समयमा पनि स्वास्थ्य बिमितलाई बीमामार्फत सेवा उपलब्ध गराइनेछ।

विस्तारित सेवामा आउँदा बीमा कार्ड अनिवार्यरुपमा ल्याएको हुनुपर्ने अस्पतालले सुचना जारी गर्दै जानकारी गराएको छ। सार्वजनिक बिदाका दिनमा ओपिडी सेवा बन्द हुने भए पनि आकस्मिक सेवा २४सै घण्टा सञ्चालन हुनेछ। मजदुर, शिक्षक, कर्मचारीलगायतले दैनिक काम छोडेर उपचारका लागि समय खचिर्नुपर्ने बाध्यता अन्त्य भएको डा बास्तोलाले बताए।

योसँगै चिकित्सक तथा सेवाग्राहीबीचको परामर्श सेवामा यथेष्ट समय मिल्ने, बिहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सबै बिरामीलाई सहज हुने, भिडभाडमा कमी भई सेवाग्राहीलाई लामो समय लाइनमा बस्नु नपर्ने, ‘ओपिडी रिफर’ हुनुपर्ने बिरामीले समयमा नै रिफर भएर जान पाउनेलगायत सुविधा हुने उनको भनाइ छ।

गत आइतबार मात्रै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका खगराज अधिकारीले पहिलो मन्त्रिपरिषद् बैठकबाट जिल्ला अस्पतालको ओपिडी सेवालाई विस्तार गर्ने निर्णय गरेका थिए। उनको निर्णय कार्यान्वयन नहुँदै पर्वत अस्पतालले भने आफ्नो पूर्वतयारी अनुसारको सेवा विस्तार गरेको जनाएको छ।

सेवा विस्तार भएसँगै बिहानमा तीन घण्टा र साँझ दुई घण्टा गरी थप पाँच घण्टा कर्मचारी तथा चिकित्सक खट्नुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले जानकारी दिए। सेवा विस्तार गरे थप जनशक्ति व्यवस्थापन पनि गनृ नसकिएको उनले बताए । प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने उनको माग छ।

पर्वत अस्पतालमा दैनिक दुई सय ५० देखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुंगा । ओखलढुंगाको  मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि ए...

खल्ला गोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । ...

विराटनगरमा मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद...

सुदूरपश्चिमका ठाउँ–ठाउँमा बिहानैदेखि वर्षा

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रह...

अकाउन्ट लगइन गर्न पासवर्ड नै नचाहिने फिचर ल्याउँदै फेसबुक, कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गर...

आजको संसद बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं।  प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत...

ग्वार्को ओभरपासको आज उदघाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा याताया...

आजबाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भव...

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा  । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा ...

देशकाा अधिकांश स्थानमामा वर्षाकाे सम्भभावना

काठमाडौं  । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending