एजेन्सी । चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ । उक्त भेट वर्षौंमा दुई सहयोगीबीच सबैभन्दा उच्चस्तरीय भेटमध्येको एक थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा छन् ।
चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उनको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ ।
झाओले बिहीबार उत्तर कोरियाली राजधानी पुगेर आफ्ना समकक्षी चोए र्योङसँग भेट गरेकाे केसिएनएले बताएको छ । भेटमा उनले ‘राजनीति, अर्थतन्त्र र संस्कृतिलगायत सबै क्षेत्रमा आदानप्रदान र सहयोग’ बारे छलफल गरेका थिए । विज्ञप्तिमा भनिएको छ, “छलफलका क्रममा आपसी चिन्ताका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाबारे विचार आदानप्रदान भयो ।”
राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुन् । राष्ट्रपति सीले अन्तिमपटक उत्तर कोरियाली नेता किमसँग सन् २०१९ मा कोभिड–१९ महामारी सुरु हुनुअघि भेट गरेका थिए । यसबाट झाओ र चोएबीच प्योङयाङको बैठक धेरै वर्षमा सबैभन्दा उच्चस्तरीय बैठकमध्ये एक भएको छ ।
झाओको भ्रमणमा किमको बेइजिङको आगामी सम्भावित राजकीय भ्रमणको योजना समावेश हुनसक्ने दक्षिण कोरियाली स्थानीय सञ्चारमाध्यममा बताइएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै अधिकारीले ‘कोरियाली प्रायद्वीपको अवस्था’ बारे चर्चा गरे । झाओले ‘विधायक आदानप्रदान तथा सहयोगलाई गति दिने’ बेइजिङको इच्छा व्यक्त गरे ।
“चोए र झाओले ‘चीन र उत्तर कोरियाबीच कूटनीतिक भिसाको आपसी छुट, क्लासिक कार्यहरूको आपसी अनुवाद र प्रकाशन, भन्सार र क्वारेन्टाइन, रेडियो र टेलिभिज तथा हुलाक एक्सप्रेस डेलिभरी’ का क्षेत्रमा ‘सान्दर्भिक सहयोग दस्तावेजहरूमा’ हस्ताक्षर गर्नुभयो”, सिन्ह्वाले भनेको छ ।
किमले दक्षिण कोरियाप्रति आफ्नो आक्रामक बयानबाजी बढाउँदै बेइजिङसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: