Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

टोखामा आजदेखि विस्का जात्रा सुरु

खबरडबली संवाददाता

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो । टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथि टोखाको व्यवस्थापनमा जात्रा मनाउन लागिएको हो ।

नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले पाँच दिनसम्म मनाइने विस्का जात्राको लिङ्गो उठाइ सकिएको र आज साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ को रुपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आआफ्नो मन्दिरमा लैजान लागिएको जानकारी दिए । 

विस्का जात्राका भक्तजन आज बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न गइसकेका छन् । बागद्वारबाट आज राती चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउँछन् । सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदैगर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् ।

नयाँ वर्षकै दिन साँझ ६ बजे आआफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा विसाईने मूल नाईके हेमराज श्रेष्ठले बताए । 

वैशाख २ गते बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै विसाइन्छ ।

सोही दिन दिउँसो ३ बजे जीवित देवी कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दुरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्धुरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको  मन्दिर र  गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजनहरु रथको अगाडी भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते विहान ६.३० बजे सिन्दुरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र विहान ११ बजेतिर गच्छे टोलमा बिसाईन्छ । सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा विच्छाइ गाउँ परिक्रममा गरी आआफ्नो देवी घर–घरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते विहान ६.३० लिङ्गो ढाली जात्रा विसर्जन हुन्छ ।

सपनतीर्थ मेला भोलि

टोखामा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अर्थात् भोलि सपनतीर्थ स्नान मेला सुरु हुन्छ । उक्त मेला भर्न तथा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशभरका लाखौँ भक्तजन टोखा सपनतीर्थ आउने गर्दछन् । 

सपनतीर्थ मेलालाई टोखा नगरपालिकाले विशेष महत्वसमेत दिँदै आएको छ । यसपटक सपनतीर्थ मेलामा राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम तय भएको छ । सपनतीर्थ मेलामा स्नान गरेपछि कोरी कुष्ठरोग पनि निको हुने जनविश्वास रहेको छ ।

परापूर्व कालदेखि सत्यवन्त राजाका छोरीहरुमध्ये कान्छी छोरी सत्यकेशरीले बुबाको वचनलाई शिरोपर गरी राजाको मुखबाट ठट्टाबस निस्केको बोलीअनुसार कुष्ठरोगबाट ग्रसित महारोगीबाट विवाह गर्न पुग्छिन् ।

ती महारोगीले हरेक दिनजस्तो अन्जान पोखरीमा स्नान गर्दा नयाँ जीवन पाएको सपनामा बारम्बार देख्ने गरेको र एक समय श्रीमतीको अनुपस्थितिमा सपनतीर्थ क्षेत्र रहेको कुण्डमा बच्चाले किरा फट्याङ्ग्रा समाउँदै मार्दैै उक्त कुण्डमा फाल्दा ती किराहरु पुनःजीवित भएर उडेको प्रत्यक्ष देखेपछि महारोगीले केटाहरुको सहयोगमा कुण्डमा स्नान गर्दा सम्पूर्ण रोगबाट मुक्त भई नयाँ जीवन पाएको किंवदन्तीअनुसार सपनतीर्थ मेला लाग्ने गरेको पाईन्छ ।

यस्तै, उक्त मन्दिरमा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending