एजेन्सी । चीनले शुक्रबार संयुक्त राज्य अमेरिकालाई मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिेङ्केनसँग टेलिफोन वार्तामा उक्त आग्रह गरेका हुन ।
ब्लिङ्केनले बेइजिङसँग इरानलाई इजराइलमा हमला रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गर्नका लागि फोन गरेकाे अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अप्रिल १ मा भएको इजराइली हमलामा दमास्कसमा इरानी कूटनीतिक भवन ध्वस्त भएपछि तेहरानको प्रतिशोधले चिन्ता बढाएको छ ।
शुक्रबार टेलिफोन वार्ता भएको चीनले पुष्टि गरेको छ । चिनियाँ विदेशमन्त्री वाङले कूटनीतिक संस्थाहरूको सुरक्षाको ‘अल्लङ्घनीय’ अधिकार र इरान तथा सिरियाको सार्वभौमिकताको सम्मान गर्ने आवश्यकतामाथि जोड दिँदै ‘हमलाप्रति चीनको कडा निन्दा व्यक्त’ गरे ।
“चीनले मध्यपूर्व मुद्दाको समाधानमा रचनात्मक भूमिका निर्वाहलाई जारी राख्नेछ र स्थितिलाई शान्त बनाउन योगदान गर्नेछ”, चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “विशेषगरी संयुक्त राज्य अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।”
इरानको मौलवी नेतृत्वले हमलाको जवाफी हमला गर्ने वाचा गरेको छ । दूतावासमा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।अमेरिकाले चीनसँग हमासको समर्थन गर्ने इरानमाथि दबाबसहित सङ्कट समाधानका लागि थप प्रयास गर्न बारम्बार सार्वजनिक अपिल गरेको छ । बदलामा बेइजिङले इजराइलप्रति पक्षपाती भएको भन्दै अमेरिकाको आलोचना गरेको छ ।
प्रवक्ता माओले शुक्रबार भने, “बढाइको यो क्रम गाजा सङ्घर्षबाट फैलिएको पछिल्लो अभिव्यक्ति हो र गाजा सङ्घर्ष चाँडोभन्दा चाँडो समाप्त गर्न जरुरी छ ।” उनले बेइजिङले तत्काल युद्धविरामको आह्वान गरिरहेको बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार गाजा युद्ध सञ्चालनका लागि इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आलोचना गरे पनि इजराइलको सुरक्षाका लागि अमेरिकी समर्थन ‘दृढ’ रहेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: