Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न चीनको अमेरिकालाई आग्रह

खबरडबली संवाददाता

एजेन्सी । चीनले शुक्रबार संयुक्त राज्य अमेरिकालाई मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिेङ्केनसँग टेलिफोन वार्तामा उक्त आग्रह गरेका हुन । 

ब्लिङ्केनले बेइजिङसँग इरानलाई इजराइलमा हमला रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गर्नका लागि फोन गरेकाे अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अप्रिल १ मा भएको इजराइली हमलामा दमास्कसमा इरानी कूटनीतिक भवन ध्वस्त भएपछि तेहरानको प्रतिशोधले चिन्ता बढाएको छ । 

शुक्रबार टेलिफोन वार्ता भएको चीनले पुष्टि गरेको छ । चिनियाँ विदेशमन्त्री वाङले कूटनीतिक संस्थाहरूको सुरक्षाको ‘अल्लङ्घनीय’ अधिकार र इरान तथा सिरियाको सार्वभौमिकताको सम्मान गर्ने आवश्यकतामाथि जोड दिँदै ‘हमलाप्रति चीनको कडा निन्दा व्यक्त’ गरे । 

“चीनले मध्यपूर्व मुद्दाको समाधानमा रचनात्मक भूमिका निर्वाहलाई जारी राख्नेछ र स्थितिलाई शान्त बनाउन योगदान गर्नेछ”, चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “विशेषगरी संयुक्त राज्य अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।”

इरानको मौलवी नेतृत्वले हमलाको जवाफी हमला गर्ने वाचा गरेको छ । दूतावासमा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।अमेरिकाले चीनसँग हमासको समर्थन गर्ने इरानमाथि दबाबसहित सङ्कट समाधानका लागि थप प्रयास गर्न बारम्बार सार्वजनिक अपिल गरेको छ । बदलामा बेइजिङले इजराइलप्रति पक्षपाती भएको भन्दै अमेरिकाको आलोचना गरेको छ । 

प्रवक्ता माओले शुक्रबार भने, “बढाइको यो क्रम गाजा सङ्घर्षबाट फैलिएको पछिल्लो अभिव्यक्ति हो र गाजा सङ्घर्ष चाँडोभन्दा चाँडो समाप्त गर्न जरुरी छ ।” उनले बेइजिङले तत्काल युद्धविरामको आह्वान गरिरहेको बताए । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार गाजा युद्ध सञ्चालनका लागि इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आलोचना गरे पनि इजराइलको सुरक्षाका लागि अमेरिकी समर्थन ‘दृढ’ रहेको बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE