सङ्खुवासभा । गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँस वन फडानी रोक्न माग गरिएको छ ।
दुई वटा सामुदायिक वनमा डोजरले जथाभावी रुख ढलाइ रहेको भन्दै एक प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा ‘गुराँस वन फँडानी रोकी पाउँ’ भनि निवेदन दिएको हो ।
यही चैत २८ गते बुधबार तीनजुरे हात्तीसार सामुदायिक वनका उपभोक्ता सूर्जबहादुर तामाङ र लाल सिँ मोक्तानको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभालाई पत्रलेखि त्यसको बोधार्थसमेत सरोकारवाला अन्य पाँचवटा निकायमा पठाएका छन् ।
कोशी करिडोर २२० केभी प्रशारण लाइन निर्माणका क्रममा सरोकारवाला सामुदायिक वनका उपभोक्तालाई बिनाकुनै जानकारी रुख काटेर गुराँस वन फँडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र गुराँस वनको डोजर हटाउन र रुख कटान बन्द गराउन सामुदायिक वनका उपभोक्ताले माग गरेको निवेदनमा उल्लेख गरिएको छ । माग सुनुवाइ नभए सामुदायिक वनका उपभोक्ता कडा आन्दोलनमा जान बाध्य हुने निवेदनमा लेखिएको छ ।
कोशी करिडोरले बिजुली पोल जडानका लागि आर्थिक वर्ष २०७७/७८ मा छ सय २९ रुख कटान गर्ने सम्झौता गरेको र यसका लागि करिब रु १० लाख कटान खर्च उपलब्ध गराएको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए ।
सम्झौता भएलगत्तै ६२९ रुख काटिएको भए पनि अहिले बिना सम्झौता हजारौँ रुख काटिएको उनको आरोप छ । यसैगरी पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिकबहादुर बानियाँलेसमेत गुराँस वन फँडानी भइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १७:०९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेल...
पौष ७ गते, २०८१ - १७:०७
काठमाडौं । ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पा...
पौष ७ गते, २०८१ - १७:०४
मस्को । रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेना...
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: