Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

जापानको हरितगृह ग्यास उत्सर्जन कम

खबरडबली संवाददाता

एजेन्सी । जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ । यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ ।   

पर्यावरण मन्त्रालयले सन् १९९० मा यससम्बन्धी तथ्याङ्क सङ्कलन सुरू गरिएदेखि मार्च सन् २०२३ सम्मको एक वर्षको अवधिमा पहिलो पटक उत्सर्जनमा न्यूनता देखिएको हो । आर्थिक वर्ष २०२१ को तुलनामा यो उत्सर्जन मात्रा २.५ प्रतिशत वा २८ं.६ मिलियन टनले घटेको तथ्याङ्कमा उल्लेख छ । 

मन्त्रालयले कोभिड–१९ महामारीका कारण सङ्कटग्रस्त अर्थतन्त्रमा सुधारका लागि बढाइएका औद्योगिक गतिविधिका कारण आर्थिक वर्ष सन् २०२१ मा उत्सर्जन बढेको थियो तर हरित गृह उत्सर्जन नियन्त्रणका लागि निरन्तरको प्रयासपछि यसमा गिरावट आएको हो ।

व्यावसायिक र अन्य व्यापारिक प्रतिष्ठानहरूमा उत्सर्जनमा ४.७ प्रतिशतको गिरावटसँगै १७९ मिलियन टनमा झरेको र गत वर्षको तुलनामा उच्च तापक्रमबीचमा कम मागको कारण घरपरिवारबाट हुने उत्सर्जनमा १.४ प्रतिशतले कमी आई १५८ मिलियन टनमा झरेको देखिएको छ । 

यसैबीच, सवारी साधनलगायत यातायात क्षेत्रको उत्सर्जन ३.९ प्रतिशतले बढेर १९२ मिलियन टन पुगेको छ ।

आर्थिक वर्ष सन् २०३० सम्म जापान सरकारले सन् २०१३ को स्तरबाट ४६ प्रतिशतले उत्सर्जन घटाउने र सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयले सन् २०२२ मा सन् २०१३ को तुलनामा हरित गृह उत्सर्जनमा २२.९ प्रतिशतले कमी आएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत

 बागमती । बागमती प्रदेशसभाले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको छ । ...

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताए ।  राष्ट्रपति रामचन...

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

एजेन्सी । गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस क्षेत्रमा द्वन्द्वको परिणामल...

नीति तथा कार्यक्रम: अर्थतन्त्र सुधार्ने सरकारको प्रतिबद्धता

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले मुलुकको अर्थतन्त्र सुधार्न विभिन्न नीति तथा योजना सार्वजनिक गरेको छ ।...

उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकता

काठमाडौं । वर्तमान सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संय...

नीति तथा कार्यक्रम उत्साहजनक : एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।  संसद्को आजको बै...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् ।  नीति तथा...

समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छ...

नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताएका छन् ।  राष्ट्रपति रामचन्द्र पौड...

कांग्रेसकाे विराेधका कारण दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies