Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८२ आईतवार | 18th May, 2025 Sun
Investment bank

उपनिर्वाचनः इलाम-२ मा मतदाता फकाउँदै उम्मेद्वार

खबरडबली संवाददाता

इलाम । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरुले सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न मुद्धा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरु विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् । उनीहरुले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । भौगोलिक रुपमा विकटभएपनि उम्मेदवारहरु घरघरमा आइपुगेको देख्दा मतदाताहरु मख्ख छन् । उम्मेदवार टोलटोलमा आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्र बाँडिरहेका छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनकाे गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एकमात्र क्षेत्रमा निर्वाचन हुन लागेपनि देशभरका राजनीतिक सरोकारवालाहरुको ध्यान यतिबेला इलाम–२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरुको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । राम्रो सङ्गठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ । 

उम्मेदवार नेम्बाङले आफू एमालेको मात्र नभई चार दलको साझा उम्मेदवार भएकाले विजय निश्चित रहेको दाबी गर्छन् । “म एक्लै चुनाव लडिरहेको छैन, चार दल र साथमा यहाँका जनताको पनि साथ छ”, उनले भने, “मेरो बाबु स्वर्गीय सुवासचन्द्र नेम्वाङको अधुरो कामलाई पूरा गराउनका लागि पनि यहाँका जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।” उनले गाउँगाउँका मतदातामाझ पुगेर आफ्ना आवश्यकता, समस्या, चाहनालाई आफू र पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी कागजमा टिपाइदिन अपिल समेत गर्दै आएका छन् । 

सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित थिए । सो निर्वाचनमा समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२ र माओवादी केन्द्रले पाँच हजार एक सय ५३ मत प्राप्त गरेका थिए ।

विसं २०७९ को निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का यसपटक जितको खोजीमा छन् । उनि कार्यकर्ता भेटघाट, अन्तरक्रिया तथा घरदैलोमा व्यस्त छन् । “विगत लामो समयदेखि यस क्षेत्रमा एकैजनाले मात्र जित्नुभयो । यस क्षेत्रको विकास गर्न मैले जित्नैपर्छ”, खड्काले भने, ‘म यहाँको प्रतिनिधि नभएपनि यस क्षेत्रका गरिब, असहाय, वृद्धवृद्धा तथा युवाहरुका लागि थुप्रै राम्रा कामहरु गरेको छु, त्यसैले यहाँका मतदातासँग मेरो पनि गठबन्धन छ, यसपटक यहाँका जनताले चुनाव जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु ।”

नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए । तर सो मत कांग्रेस एक्लैको नभएर तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीकोसमेत थियो । कांग्रेसले त्यतिबेला समानुपातिकमा २२ हजार तीन सय ३३ मत पाएको थियो । 

त्यसैगरी पत्रकारिता छाडेर राजनीतिक दलमा आवद्ध भइ निर्वाचनमा होमिएका रास्वपाका उम्मेद्वार लिम्बूले पनि चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । आफूलाई इलामको अग्र्यानिक उम्मेदवारका रुपमा प्रचारप्रचार गर्दै आएका लिम्बूले यसपटक चामत्कारिक रुपमा मत परिवर्तन गर्ने दाबी गरेका छन् । 

“अधिकतर मतादाता हाम्रो अभियानमा जोडिरहनुभएको छ”, उनले भने, “यस पटकको उपनिर्वाचनमा इलामेली मतदाताले चमत्कार गर्दैछन्, धेरैलाई विश्वास छैन तर हाम्रो झण्डा फहरिनेछ ।” रास्वपाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एक हजार तीन सय ८० मत र समानुपातिकमा चार हजार छ सय ८६ मत पाएको थियो ।

पहिचानवादी ४१ घटकका उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमलेसमेत आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् । थेगिमले सङ्घीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दीगो विकासको अजेण्डा लिएर मतदातामाझ पुगिरहेका छन् । “पहिचान पक्षधर उम्मेदवार पनि भएकाले यसपटक मतदाताहरु उत्साही भएको पाइएको छ”, उनले भने, “विगतमा पहिचान पक्षधरलाई दलहरुले धोका दिएका छन्, यसपटक आफ्नै उम्मेदावर भएपछि उहाँहरु खुसी हुनुहुन्छ ।”

‘मुढा’ चुनाव चिन्ह पाएका उनलाई सत्ता साझेदारी दल जनता समाजवादी पार्टीसहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

बलिया मानिएका यी चारैजना उम्मेदवारहरु एक अर्कालाई रोकेर आफू प्रतिनिधिसभामा प्रवेश गर्ने रणनीतिमा छन् । यी बाहेक सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी प्रचारमा लागेका छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उनहरुको टोलि अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुलाई गत चैत २८ देखि वैशाख १२ गते सम्मका लागि चुनावी प्रचारप्रसारका अवधि तोकिदिएको छ । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश बन्दैन भनेर भ्रम छरे पनि देश बन्दै छ: नेता ज्ञवाली

गुल्मी । नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताएका छन् । एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोमबहादुर–ट...

जनतासँग जोडिनु माओवादीकाे राजनीतिक मुद्दा हो: प्रचण्ड

अछाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको राजनीतिक मुद्दा गरिब जनता र समुदायसँग जोडिनु रहे...

परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्र...

के हो चट्याङ अनि कसरी बच्ने ?

काठमाडौं । अहिले चट्याङको सिजन छ । दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन् । सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ,...

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पू...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रू...

स्रोत नखुलेको रकमसहित ४ पक्राउ

काठमाडौं । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५...

डेढ महिनादेखि निष्क्रिय जस्तै समाजवादी मोर्चा

काठमाडाैं । बामपंथीहरुकाे समाजवादी माेर्चा डेढ महिनादेखि निष्क्रिय जस्तै बनेकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मो...

इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ

गाजा । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरि...

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending