Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने: अमेरिकी राष्ट्रपति बाइडेन

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताएका छन् । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।"

नेतन्याहूसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले भने, “आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ । उनीहरूले इजरायलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्नेकुरा मैले प्रधानमन्त्री नेतन्याहूसँगको टेलिफोन वार्तामा पनि भनेको छु ।” 

बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए । उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरायललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताए । 

बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन । उनले भने, “अमेरिकी सेना ‘सबै खतराहरूको लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाको लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन ।”

गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ब...

गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...

डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  गएराती मृत्यु भएका कीर्तिप...

माओवादी केन्द्रको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।  ...

ताप्लेजुङमा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...

देशभर विपदमा परी एक सय ३९ जनाको मृत्यु

काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...

कास्कीमा विपदका घटनामा परेर १४ जनाको मृत्यु

कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।  यसबिचमा जिल्लामा बाढीपहिर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy