Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

छत्रेश्वरीको प्राथमिकतामा शिशु र बाल उपचार, स्वास्थ्यकर्मीलाई अनुशिक्षण

खबरडबली संवाददाता

सल्यान । नवजात शिशु र बालरोग व्यवस्थापनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरेको छ । आइतबार छत्रेश्वरी ७ को जामुनेखोला स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुलाई समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन बारे अनुशिक्षण गरिएको हो ।

विषेश गरी समुदायस्तरमा नवजात शिशुको मृत्युदर  घटाउनका लागि र बालवालिकामा हुने रोगहरुको व्यवस्थापन गर्न सबै स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षीत गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जनाइन् । नवजात शिशुको स्याहार, जन्मदा स्वास नफेरेको वा नरोएको शिशुको व्यवस्थापन, अवधि नपुगेर जन्मीएको वा जन्मदा कम तौलको शिशुको व्यवस्थापन लगाएतका विषयमा स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउनका लागि अनुशिक्षण गरिएको उनको भनाई छ । यस्तै दुई महिना सम्मका विरामी शिशुको उपचार तथा दुई महिना देखि ५ वर्ष सम्मका वालवालिकाको उपचारबारे हरेक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघि छत्रेश्वरी १ को दमाचौर स्वास्थ्य चौकी र कोर्वाङ झिम्पे स्वास्थ्य चौकीमा पनि ‘कोचिङ’ सम्पन्न भइसकेको स्वास्थ्य संयोजक भट्टराईले जानकारि दिइन् । आइतबार वडा नं ७ मा कार्यक्रम सम्पन्न भएको र सोमबार वडा नं ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा कार्यक्रम तय गरिएको छ । दुर्गम क्षेत्र, पिछडिएका समुह र विपन्न नागरिकका नवजात शिशु तथा बालवालिकाहरूको आधारभूत स्वास्थ्य सेवामा पहुँच र उपभोगमा अभिवृद्धिका लागि एकिकृत व्यवस्थापन महत्वपूर्ण रहेको सिअहेव गणेशमान डाँगीले जनाए । उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने दर बढाएर नवजात मृत्यु घटाउन नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर सोमबारसम्म वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  शनिबार दिउँसो देशभर साधारणतया बदली रहने...

कार्यालयलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

आफुखुसी संविधान संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने प्रकाण्डको चेतावनी

कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी  आगो बल्ने  बताएका छन । आफ्नो...

उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...

गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...

आईसीयूबाट सारियो क्याप्टेन मनिष शाक्यलाई

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्या...

राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ: नारायणकाजी श्रेष्ठ

ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद...

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

काठमाडौं । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन्  । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy