काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन् । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज यहाँ आयोजित राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रियामा उनले समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताए ।
अध्यक्ष दाहालले आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिएका थिए । “अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ”, अध्यक्ष दाहालले भने, “नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ ।”
नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै उनले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कानुन निर्माणका विभिन्न चरणबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो । अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए ।
राष्ट्रियसभाका समिति र निगरानीसम्बन्धी कार्यका बारेमा राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारी, सङ्घीयता, सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय सङ्घीयताबारे राष्ट्रिय सभाका पूर्वसदस्य डा खिमलाल देवकोटाले प्रस्तुति दिएका थिए ।
संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसद्मा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरुको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद् र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रियसभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले प्रस्तुति दिने कार्यक्रम छ ।
राष्ट्रियसभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे सभाका सचिव डा सुरेन्द्र अर्याल र सङ्घीय संसद् सचिवालय, साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८१ - १७:१८
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...
श्रावण १० गते, २०८१ - १७:०४
बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...
श्रावण १० गते, २०८१ - १६:५५
काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...
श्रावण १० गते, २०८१ - १६:४७
उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी
श्रावण १० गते, २०८१ - १६:४१
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...
श्रावण १० गते, २०८१ - १६:३२
काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...
श्रावण १० गते, २०८१ - १६:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...
श्रावण १० गते, २०८१ - १६:०२
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...
श्रावण १० गते, २०८१ - १५:४६
काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...
श्रावण १० गते, २०८१ - १५:१२
काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...
प्रतिकृया लेख्नुहोस्: