काठमाडौं । फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी जुटेका छन् । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लागेका हुन् ।
सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताए ।
उनले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताए । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उनको योजना छ ।
बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लागेका उनले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिए । “सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु पर्यो । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,” आरोही सुनारले भने ।
दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउँछन् । उनले भने, “हामीजस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।”
भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहेकाे दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताइन् । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गरेका थिए । सगरमाथासहित सातवटा महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - २१:०३
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...
आश्विन ५ गते, २०८१ - २०:५१
कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...
आश्विन ५ गते, २०८१ - २०:४७
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...
आश्विन ५ गते, २०८१ - २०:२०
काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...
आश्विन ५ गते, २०८१ - २०:०६
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । इरान समर्थित ह...
आश्विन ५ गते, २०८१ - १९:४९
काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...
आश्विन ५ गते, २०८१ - १९:४३
काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...
आश्विन ५ गते, २०८१ - १९:३७
बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...
आश्विन ५ गते, २०८१ - १९:३३
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् । ...
आश्विन ५ गते, २०८१ - १९:२७
काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...
प्रतिकृया लेख्नुहोस्: