Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

पूर्वाधार निर्माणमै ‘ब्रेक थ्रू’

खबरडबली संवाददाता

कीर्तिपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रू’ गरेपछि मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा सम्बद्ध विज्ञहरुले गरेका छन्।

यद्यपि आज छिचोलिएको यो सुरुङमार्ग प्रयोगमा आउन भने एक वर्षभन्दा बढी समय लाग्नेछ। यस अगाडिसम्म राज्यको आम जनतासम्म सडक सुविधाको पहुँच पुर्याउने लक्ष्य रहने गरेकामा अब आवागमनलाई छिटो र सहज बनाउने चरणमा प्रवेश गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन्। ‘करिब ९० जनता आफू बसेको ठाउँबाट बढीमा एक घन्टाको दूरीमा सडक भेटछन् भन्ने अध्ययनले देखाएको छ। त्यसैले अब बनेका सडकलाई बलियो र छरितो बनाउने काम सुरु गर्ने समय आइसक्यो’, उनको भनाइ छ।

नागढुंगा सुरुङमार्ग त्यही कामको सुरुआत भएको पनि उनी बताउँछन् किनकि यससँगै अब निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग कुनै बाधा नपरे अबको एक वर्षभित्र छिचोलिन जानकारी पनि उनी दिन्छन्। यसपछि बागलुङस्थित भिरकोटको सुरुङ मार्ग पनि निर्माणका लागि तयारी भइरहेको छ। निर्माणाधीन काठमाडौं तराई द्रुत मार्गमा चार स्थानमा गरी झन्डै ६ किलोमिटर सुरुङमार्ग निर्माण हुँदैछ।

त्यसैगरी, बिपी कोइराला राजमार्गको चियाबारी सुरुङ मार्ग पनि छिचोलिने तयारीमा छ। यसरी क्रमशः देशका विभिन्न ठाउँमा सुरुङ मार्गको आवश्यकता महसुस हुन थालेको महानिर्देशक ढकाल बताउँछन्। यद्यपि दुई सय मिटरसम्मका सुरुङ मार्ग सहजै सञ्चालन गर्न सकिने भए पनि त्यसभन्दा लामा सुरुङ मार्ग भने सुरक्षा, अक्सिजन र वातानुकूलन जस्ता धेरै विषय वस्तुको प्रबन्ध मिलाउनुपर्ने भएकाले खर्चिला हुने जानकारी पनि उनले दिए।

नागढुंगा सुरुङ मार्गले पनि करिब यस्तै संवेदनशीलता बोकेको छ। आजको ब्रेक थ्रूपछि खनेर माटो आदि निकाल्ने काम सकिए पनि सवारी साधन पूर्ण रुपमा चल्न झन्डै एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइराला बताउँछन्।

बीचमा अन्य कारणले अवरोध नआएमा आगामी वर्षभित्र यो मार्ग पूर्ण रुपमा सञ्चालन हुने छ। यो सुरुङ मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ सिस्नेखोलादेखि बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ ।

सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङ मार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई समेत हिसाब गर्दा एक व्यक्तिको झन्डै आधा घन्टा समय बचत हुने देखिएको कोइराला बताउँछन्। साथै यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङ मार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नाका साथै प्रविधि हस्तान्तरणमा समेत सहयोग पुर्याउने कोइराला बताउँछन्। ‘अब नेपालीले पनि यस्ता सुरुङमार्ग बनाउन सक्छन् भन्ने स्थापित भएको छ’, उनले भने।

हाम्रोजस्तो ८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने उनी बताउँछन्। ‘कुनै पनि एक प्रस्थान विन्दुबाट गन्तव्यसम्म सिधा जोड्ने अवसर सुरुङ मार्गले दिन्छ’, उनी थप्छन्। यसबाट बचत हुने समय र इन्धनको हिसाबले त सुरुङ मार्गको फाइदा बहुआयामिक देखिने पनि उनले बताए।

चार वर्षअघि सुरुङ गर्दा कसरी गर्ने भन्ने अन्योल भए पनि त्यसको अनुभवका आधारमा भविष्यमा नेपालमा थुप्रै सुरुङ बन्ने देखिएको धारणाको उनको छ। सुरुङ मार्गको डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर डा भोला घिमिरेका अनुुसार समग्र देशकै आत्मविश्वास उत्पन्न भएको छ । नेपालीमा अब सुरुङ खनेर विकास गर्ने आँट आएको बताउँछन्।

अनुमानित समयबाट निश्चित समयतर्फ

ब्रेक थ्रू नहुँदासम्म दिनमा कति मिटर खनिन्छ र कहिले सकिन्छ भन्ने अनुमानमा चल्नुपर्ने अवस्थाबाट आजदेखि सुनिश्चितातर्फ लागेको कोइराला बताउँछन्। यातायातका लागि अत्याधुनिक यो सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो। यसका लागि १५ वटा जेट फ्यान आवश्यक हुने कोइराला बताउँछन्।

यसका साथै कूल दुई हजार ६ सय ८८ मिटर दूरीमा चौबिसै घन्टा उज्यालो आवश्यक हुन्छ। बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेसनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उनले दिए। साथै जेनेरेटरलाई पनि तयारी हालतमा राख्ने व्यवस्था समेत गरिएको उनले बताए।

यसबाहेक निरन्तर सञ्चार संयन्त्र तथा अग्नि नियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र(टनेल फ्यासिटी) हरहमेसा तयारी हालतमा राख्नुपर्छ। आगलागी सुरुङ मार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ। आगलागी भइहालेको अवस्थामा सुरुङभित्र जडित अग्निसमन यन्त्रको तत्काल प्रयोग गर्ने कन्ट्रोल रुमलाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङ मार्गमा रहेका र पस्दै गरेका सवारी साधनहरुलाई माइक र एफएम रडियोमार्फत तत्काल दिनेजस्ता कार्य हुनेछन्। त्य

सपछि ट्राफिक व्यवस्थापन र डाइभर्सन तत्काल गराउने, सुरुङ मार्गमा राखिने भिजुअल बोर्डमा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचनाहरु डिस्प्ले गराउने र सबै सञ्चारमाध्यमम समेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिन्छन्।

सुरुङको सुरक्षाका लागि सिसिटिभी क्यामेरा तथा सबै संयन्त्रको सञ्चालन गर्न एक कन्ट्रोल रुमसमेत सुरुङ मार्गको पूर्वी पोर्टल नजिक बन्दै छ। सामान्यतया सुरुङ मार्गभित्र एफएम रेडियोको तरंग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनहरुमा निर्बाध रेडियो बजून् भन्नका लागि रेडियो सिग्नल पु¥याउने सञ्जाल त्यहाँ स्थापना गरिनेछ। उल्लिखित सबै कार्यका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन हुने उनले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending