धनगढी । सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ । आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि पेश गरेपनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफल पछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ ।
सोहि अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केहि सांसदहरुले छलफल गरेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अगाडी बढ्ने विकल्पको बारेमा छलफल गरेका छन् ।
नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबि पेश गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटो बारे अहिले छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएमा सबै समस्याको हल हुने बताएका थिए ।
स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबिलाई रद्द गरेर नयाँ आव्हान गर्न सक्ने बताइएको छ । तर यसका लागि प्रदेस प्रमुखले दिने कानुनी आधारले प्रदेशको राजनीति अदालती झमेलामा जान सक्नेसमेत विश्लेषण शुरु भएको छ ।
आइतबार गरिएको दाबिमा लक्ष्मणकिशोरले कांग्रेससहित २८ सांसदको समर्थन पश गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेश गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - १४:२८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अ...
मंसिर ८ गते, २०८१ - १४:१६
काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्...
मंसिर ८ गते, २०८१ - १४:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको ...
मंसिर ८ गते, २०८१ - १३:३२
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निस्शु...
मंसिर ८ गते, २०८१ - १३:२९
सल्यान । २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महिला बलात्कार आरोपमा कुमाख गाउँपालिकाका २६...
मंसिर ८ गते, २०८१ - १३:२३
काठमाडौं । पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११ः४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–६ भडारामा गैँडा...
मंसिर ८ गते, २०८१ - १२:५४
काठमाडौं । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् । नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यट...
मंसिर ८ गते, २०८१ - १२:५२
धनगढी । कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व(पश्चिम राजमार्गको दक्षिण ...
मंसिर ८ गते, २०८१ - १२:००
काठमाडौं । सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहर...
मंसिर ८ गते, २०८१ - ११:५८
काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादु...
प्रतिकृया लेख्नुहोस्: