काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निस्शुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।
‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए।
कार्यक्रममा काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे।
२०१६ सालमा लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चिकित्सालय अहिले सुविधासम्पन्न अस्पतालकै रूपमा विकास भएकोमा सिंहले खुशी व्यक्त गरे।
‘पूर्खाले समुदायमा उपचारका लागि सानो कामबाट सुरू गरेको काम अहिले सुविधासम्पन्न अस्पतालको स्वरूपमा आइपुग्दा खुशी लागेको छ,’ सिंहले भने।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - १४:५८
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासह...
पौष २६ गते, २०८१ - १४:५०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्ज...
पौष २६ गते, २०८१ - १४:४८
तनहुँ । श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार...
पौष २६ गते, २०८१ - १४:४०
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...
पौष २६ गते, २०८१ - १३:२८
संविधान संशोधन हुन्छ, गर्छ र गर्ने होः सरकारका प्रवक्ता गुरुङ काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा...
पौष २६ गते, २०८१ - १३:०६
स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ
पौष २६ गते, २०८१ - १२:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै ...
पौष २६ गते, २०८१ - १२:४८
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समि...
पौष २६ गते, २०८१ - १२:४६
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकर...
पौष २६ गते, २०८१ - १२:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम व...
प्रतिकृया लेख्नुहोस्: