स्याङ्जा । स्याङ्जाको भीरकोटमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् । भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
नजिकै स्वास्थ्यचौकी भवन नहुँदा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित रहेका यहाँका स्थानीयलै गाउँमै स्वास्थ्यचौकी भवन भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासका साथ स्वास्थ्यचौकीको नाममा जग्गा दिएका वडाध्यक्ष सुवेदार कृष्णबहादुर थापाले जानकारी दिए ।
“भिरकोट– ५ को वडा कार्यालय रहेको स्थान तिलाहार नेटामा स्वास्थ्यचौकी छ”, उनले भने, “सिम्ले आसपासका नागरिकलाई स्वास्थ्यसम्बन्धी आधारभूत सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यचौकी आवश्यक थियो । जग्गा प्राप्त भएसँगै भवन निर्माण थालेका छौँ ।”
स्वास्थ्यचौकी भवन बनाउनका लागि सिम्लेका स्थानीय फूलकुमारी खाण, आनन्दकुमारी खाण, यामबहादुर खाण र बेतकुमारी खाणले निःशुल्क जग्गा दिनुभएको वडाध्यक्ष थापाले जानकारी दिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यहाँका वडाबासीले गाउँमै स्वास्थ्यचौकी बनाउनुपर्छ भन्दै निःशुल्क जग्गा उपलब्ध गराएकामा उहाँले जग्गादातालाई धन्यवाद दिए ।
“बुढेशकाल लाग्यो, उमेरले ८० पुगेँ । अब उपचारका लागि टाढा जानसक्ने उपाय छैन”, जग्गादाता फूलकुमारीले भनिन्, “आफ्नो गाउँमै स्वास्थ्यचौकी भएपछि सामान्य उपचार पाइन्छ । टाढा जान पर्दैन भन्ने लागेर निःशुल्क जग्गा दिएका हौँ ।” आफ्नै परिवारभित्रका चार जना मिलेर पायक पर्ने ठाउँमा जग्गा दिएको उनले बताइन् । फूलकुमारीले भनिन्, “स्वास्थ्यचौकी भवन निर्माण भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासले स्वास्थ्यचौकीका नाममा जग्गा दिएका हौँ, वडाले पनि भवन निर्माण सुरु गरेको छ । खुसी लागेको छ ।”
स्वास्थ्यसम्बन्धी सामान्य उपचारका लागि पनि तिलाहार नेटा, बयरघारी बजार वा वालिङ बजार जानुपर्ने बाध्यता रहेकामा गाउँमै स्वास्थ्यचौकी बनेपछि सहजरुपमा सेवा पाइने स्थानीय बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८१ - १९:३९
काठमाडौं । ठमेलमा प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरी कुटपिट घटनामा संलग्न रहे...
फाल्गुन १ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत“उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली ...
फाल्गुन १ गते, २०८१ - १६:३१
दाङ । बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ। मानव बस्तीमा पसेर स्थानीयका बाख्रा ख...
फाल्गुन १ गते, २०८१ - १६:०७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएक...
फाल्गुन १ गते, २०८१ - १६:०३
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूल...
फाल्गुन १ गते, २०८१ - १६:०१
काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पन...
फाल्गुन १ गते, २०८१ - १५:३०
काठमाडौं । भायानेटले सबै बक्यौतासहित पछिल्लो आवको रोयल्टी र आरटीडीएफ गरी एकै पटक ५५ करोड रुपैयाँ बुझाएको छ। इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिके...
फाल्गुन १ गते, २०८१ - १३:५७
सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?
फाल्गुन १ गते, २०८१ - १३:२८
कैलाली । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्य...
फाल्गुन १ गते, २०८१ - १३:०४
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने का...
प्रतिकृया लेख्नुहोस्: