Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

खबरडबली संवाददाता

एजेन्सी । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ ।  विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र एक दशमलव छ प्रतिशतले बढेको छ । 

चीनको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड–१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको सङ्कटका कारण आर्थिक विकास प्रभावित भएको थियो ।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल स्टेट क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ ।

पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात  प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।

अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शन ले सहयोग गरेको छ भने चन्द्र नववर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ ।

बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले  सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।

यस्तो बलियो वृद्धिले सामान्यतया क्षेत्रभर सेयर मूल्य उच्च पार्ने भए पनि मङ्गलबार वाल स्ट्रिटमा स्टकहरू पछि हटेपछि एसियाली सेयरहरू तीव्ररूपमा घटेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE