एजेन्सी । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँहरूमा यात्रा बन्द गरेका छन् ।
आयोजकमध्येका एक रिफ्का फालानेले शिकागोमा प्रदर्शनकारीहरूले काँध मिलाएर एक सय ९० लेन अवरुद्ध पारेको बताए । उनले प्यालेस्टिनीलाई स्वतन्त्र गर्नका लागि यो विश्वव्यापी आर्थिक नाकाबन्दीको हिस्सा रहेको बताए ।
प्रदर्शनकारीहरूले गोल्डेन गेट ब्रिजमा सबै सवारी साधन, पैदल यात्री र बाइक ट्राफिकहरू बन्द गरेको र ओकल्यान्डको अन्तरराज्यीय ८८० मा सिमेन्टले भरिएका ५५ ग्यालेन ड्रममा बाँधेर राखेकाले सानफ्रान्सिस्को खाडी क्षेत्रमा ट्राफिक घन्टौँसम्म रोकिएको थियो ।
ब्रुकलिनमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने यातायात अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले युजिन, ओरेगनका साथै पाँच अन्तरराज्यीय अवरुद्ध गरेर करिब ४५ मिनेटका लागि प्रमुख राजमार्गमा यातायात बन्द गरेका थिए । प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो ओहेर विमानस्थललाई छनोट गरेका थिए ।
इजराइल र हमासबीचको युद्धमा तत्काल युद्धविरामका लागि प्रदर्शनकारीहरूले आह्वान गरेका थिए । हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको हमलामा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएदेखि शिकागोमा दैनिकरूपमा युद्धविरोधी प्रदर्शन भइरहेका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणमा ३३ हजार सात सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा नागरिक र लडाकुहरू बीचको भिन्नता नराखेको र मृतकमध्ये दुई तिहाइ महिला र बालबालिका रहेको बताएको छ ।
ओहेर विमानस्थलले सामाजिक सञ्जाल एक्समा यात्रीहरूलाई कार यात्राका साथै यातायातको वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । ट्राफिक जाममा फसेका केही यात्रु आफ्नो कार छाडेर सामान बोक्दै विमानस्थलतर्फ हिँडेका थिए ।
शिकागो उड्डयन विभागले १५ मिनेटभन्दा कमको ढिलाइका साथ विमानस्थल सञ्चालनमा आएको जनाएको छ ।ओहेरतर्फको ट्राफिक बिहान करिब ९ बजे सञ्चालनमा आएको थियो । सिएटल नजिकै वासिङ्टन राज्य यातायात विभागले प्रदर्शनले सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सडक बन्द गरेको बताएको छ ।
सामाजिक सञ्जाल पोष्टहरूले राजमार्गमा उभिएर ब्यानर बोकेका र प्यालेस्टिनी झण्डा फहराएको देखाएका छन् । सडकहरू करिब तीन घण्टापछि खुला भएका थिए ।क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार गोल्डेन गेट ब्रिज प्रदर्शनमा लगभग २० प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले अन्तरराज्यीयमा दुईवटा विन्दुमा उनीहरूलाई पक्राउ गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: