जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीको विरोधकाबीच विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
आज दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा जनमत पार्टीको विरोधका बीच सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने समय दिनुभएपछि मुख्यमन्त्री यादवले सो प्रस्ताव पेस गरेका हुन् ।
गत माघ आठ गते सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभासदस्यले प्रदेशसभाभित्रै वेल घेराउ गरी विरोध जनाएको छ ।
सभामुख मण्डलले सहमतिका लागि दुई पटक बैठक स्थगित गरे पनि जनमत पार्टीले सो घटनाबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने र मुख्यमन्त्री यादवले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्यले नाराबाजी गर्दै विरोध गरिरहेको बेला नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर प्रदेशसभा अवरोध गर्न नमिल्ने भनी प्रतिवाद गरेपछि माहोल थप तनावग्रस्त बनेको थियो ।
बैठकको सुरुमै जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दनकुमार सिंहले आफनो पार्टीका संसदीय दलका नेता एवं तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवलगायतका नेताहरूमाथि भएको आक्रमणको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएकोले बैठक नचल्ने बताएका थिए ।
केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
यसैबीच मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बनेका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले आजै राजीनामा दिएका थिए । लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने भएपछि सरकारबाट फिर्ता बोलाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: