विराटनगर । आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै बारुणयन्त्रलाई व्यवस्थित गरी राखिएको छ । महानगरसित पाँच हजार लिटर क्षमताको दुईवटा र तीन हजार लिटर क्षमताको एउटा दमकल रहेको छ ।
यसमा पाँच हजार लिटरका दुईवटा बारुणयन्त्र पुष्पलालचोकमा र तीन हजार लिटर क्षमताको बारुणयन्त्र विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राखिएको बारुणयन्त्रको जिम्मेवारी सम्हालेका कर्मचारी राजन पौडेलले जानकारी दिए ।
महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारी माईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारी माईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र सात/आठ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।
सुक्खा तथा खडेरी मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको जनाउँदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । उनले यस्तो विपद्को घटनालाई समयमै नियन्त्रण गर्न सकियो भने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै दुःख गरेर आर्जन गरेको सम्पत्तिलाई क्षति हुन नदिन आगलागीका घटना जानकारी पाउने बित्तिकै घटनास्थल पुग्नुपर्ने कुरामा जोड दिए ।
प्रमुख कोइरालाले आज सबै बारुणयन्त्रको वस्तुस्थितिका बारेमा जानकारी हासिल गर्न अनुगमन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: