बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।
भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
“यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ”, उनले भने, “उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।” उक्त अवधिमा सीमानाकामा पूर्ण रूपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८१ - ११:४२
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ सनासामा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर X2744600 भएकी ३६ वर्षिया MARI...
बैशाख १८ गते, २०८१ - ११:४०
इलाम । इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय सन्देश दियाली र...
बैशाख १८ गते, २०८१ - ११:३६
मनाङ । मनाङमा लुलु गाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प...
बैशाख १८ गते, २०८१ - ११:३५
काठमाडौं । सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी स...
बैशाख १८ गते, २०८१ - ११:२९
उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्...
बैशाख १८ गते, २०८१ - ११:१४
काठमाडौं । नेपाल र चीनको तिब्बत प्रान्तबीच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा हस्ताक्षर भएको छ । हिजोदेखि सुरू भएकाे १७औं नेपाल-तिब्बत आर्थिक तथा...
बैशाख १८ गते, २०८१ - १०:३६
काठमाडौँ । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जार...
बैशाख १८ गते, २०८१ - १०:३१
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्ध...
बैशाख १८ गते, २०८१ - १०:२९
काठमाडौं । जोर्डनमा २८ अप्रिलबाट सुरू भएको ११ औं एशिया प्रशान्त सहकारी मन्त्रीस्तरीय सम्मेलनमा सोमबार राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ...
बैशाख १८ गते, २०८१ - १०:१९
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किएको छ । लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आगो नियन्त...
प्रतिकृया लेख्नुहोस्: