Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

खबरडबली संवाददाता

काठमाडौं । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्र प्रदान गरेकाे हाे । 

त्यस अवसरमा रु ५० हजार राशिको ‘भरतकेशर सिंह विश्व हिन्दु अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो । कार्यक्रममा नीना भेटुवाल, सोभित उप्रेती र  लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दु सेवा रत्न’ सम्मान प्रदान गरियो ।

मुलुकको कला, धर्म, संस्कृति, भाषा, संस्कार, वेशभूषा तथा सनातन वैदिक उन्नयनमा विशिष्ट योगदान पुर्‍याउने प्राडा माधवप्रसाद भट्टराई, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायत ११ जनालाई पनि समारोहमा सम्मान गरियो ।

रामनवमीका अवसरमा आयोजित उक्त कार्यक्रममा जैन, शिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नाका साथै मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको तस्बिरमा माल्यार्पण गरे । 

विसं २०३० मा स्थापित महासङ्घले विश्वभर रहेका वैदिक सनातन धर्मावलम्बीलाई एकाकार गरी विश्वशान्ति र सहअस्तित्व कायम गर्ने साझा संस्थाका रुपमा काम गर्दै आएको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन । त्यसअ वसरमा महासङ्घद्वारा प्रकाशित ‘धम’ नामक स्मारिकको विमोचन गरियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान

काठमाडौं । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएक...

नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा ...

वीरगन्जको नबिल बैंकबाट एक करोड ३४ लाख रकम चोरी

वीरगन्ज । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ । बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार रात...

‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक गरिएको छ । मंगलबार  युट्युबमा सार्वजनिक गीतमा न...

कञ्चनपुरमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।  अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा न...

माेरङमा आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस...

दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।  उनले मध्यप...

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि साझा प्रयासको खाँचो औंल्याएका छन...

पर्सामा श्रोत नखुलेको नेपाली रकमसहित एक जना पक्राउ

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे छ । ...

इङल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

काठमाडौं । हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् ।  इङल्याण्डले आगामी टी-२० विश्वकपको ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies