Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

खबरडबली संवाददाता

गाेरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।

विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । 

“नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि कक्षा १ मा छोराछोरीलाई भर्ना गराउने अभिभावकलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ”, उनले भने, “यसले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतनाको विकास पनि गर्न सकोस् भन्ने पनि चाहाना हो ।”

सामुदायिक विद्यालयमा घट्दो क्रममा रहेको विद्यार्थी संख्यालाई बढाउन नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाको नयाँ नीति ल्याएको नगरप्रमुख रानामगरको भनाइ छ । “पछिल्लो समय कमजोर आर्थिक अवस्था भएका अभिभावकले मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अवस्था छ”, उनले भने, “यसले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पनि पुग्ने र सरकारी विद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने भावना जागृत गराउन पनि मद्दत पुग्छ भन्ने विश्वास छ ।”

कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेट अपुग भए थप गर्न सकिने उनले बताए । विनियोजित बजेटअनुसार विद्यार्थी भर्नासँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम हुँदा नगरपालिकाभित्रका दुई सय ८५ परिवार लाभान्वित हुनेछन् ।

आगामी आर्थिक वर्षदेखि अन्य कक्षामा पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख रानामगरले जानकारी दिए । यो कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै निःशुल्क हुने उनको भनाइ छ ।

नगरपालिकाभित्र सञ्चालन भइरहेको विद्यालय भर्ना अभियानमा क्रममा अहिले घरघरमा पुगेर विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले नगरपालिकाले ल्याएको कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी गराइरहेको नगरप्रमुख रानामगरले जानकारी दिए । 

“कमजोर आर्थिक अवस्था भएका धेरैले स्वास्थ्य बीमा गर्न नसकेको अवस्था पनि छ”, उनले भने, “हामीले ल्याएको यस कार्यक्रमले उनिहरुको स्वास्थ्य बीमा पनि हुने र विद्यालय भर्ना अभियान पनि प्रभावकारी हुन्छ भन्ने लागेको छ ।” नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाका बारेमा सबै विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गराएर अभिभावकको घरघरमा पठाएको छ । 

“नगरपालिकाले गरिदिने स्वास्थ्य बीमाले एउटा परिवारका पाँच जनासम्मले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्”, उनले भने, “स्वास्थ्य बीमा गराइसकेका अभिभावकको हकमा भने कार्यक्रम लागू हुँदैन ।” अन्य पालिकाबाट आएर गोरखा नगरपालिकामा अस्थायी बसोबास गरेकाहरुलेसमेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरे निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने उनको भनाइ छ ।

नगरपालिकाले यसअघि नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीको चिम्टीमा भीषण आगलागी:एकसय बढी घर जलेर नष्ट

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ । आगलागीबाट एकसय बढी घर जलेर नष्ट भएको छ ।  गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव...

इलाममा एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गा...

ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरब...

पाकिस्तानमा भारी वर्षाका कारण अप्रिलमा कम्तीमा १४३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । अप्रिल मह...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ३० वर्षीया अनु श्रेष्ठ रहेकी छ...

आम जनता पार्टीले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ । बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्...

जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट पाए सफाइ

काठमाडाैं । जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिव...

‘आगामी बजेटमा पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने’

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ...

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान

काठमाडौं । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएक...

नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies