विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच हात हालाहालको अवस्था आएको हो ।
बिहान १० बजे बोलाइएको बैठक १२ बजेपछि मात्रै सुरु भएको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएको कारण बैठकमा ढिलो मात्र सहभागी भएका थिए । दिउँसो साढे ३ बजेतिर मुख्यमन्त्री बैठकमा छिरेका थिए ।
मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्को असन्तुष्टि जनाएपछि विवाद बढेको थियो । मुख्यमन्त्री आउनुभन्दा अगाडि देखि नै सांसदहरुले सरकारको बचाउ गर्न नसकिने भनिरेहका एक सांसदले बताए । मूख्यमन्त्री आएपछि बैठकमा माहौल परिवर्तन भएको उनले बताए ।
संसदीय दलका पूर्वसचेतक रहेका भूपेन्द्र राईले सरकारले समन्वय नगरी काम गर्ने अनि सहयोग भएन भन्ने भनेर चर्किएपछि दुई समुहबीच झण्डै हात हालाहालको अवस्था बनेको हो । केही समय चर्काचर्की भएपछि आ आफ्नो ठाउँबाट उठेका सांसदहरूलाई नछेकेकोले अप्रिय घटना हुने उनले बताए ।
बैठकपछि सांसद राईले आन्तरिक छलफल भएको बताए । छलफलको विषयमा चर्को स्वर निस्किएको स्वीकार गर्दै उनले बैठकमा यस्तो हुने बताए । बैठकभित्र भएका कुरालाई तितोमिठो गर्न नहुने उनको भनाइ छ ।
वर्तमान सरकाले पार्टीसँग समन्वय नगरेको भन्ने विषयमा मुख्यमन्त्री र सांसदहरुबीच चर्काचर्की परेको प्रमुख सचेतक गोपाल तामाङले बताए । बैठकले विपक्षीले संसदमा दर्ता गराएको संकल्प प्रस्तावको फेस गरेर जाने निर्णय गरेको छ । बैठकले सरकार बचाउनका लागिपर्ने निर्णयसमेत गरेको हो ।
मुख्यमन्त्रीले अदालत जान्छु भनेपछि कानुनी बाटो रोज्ने निर्णय गरिएको हो । बहुमत सांसदले मध्यावधिमा नजाने भनेर बैठकमै भनेका काँग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । काँग्रेस मध्यावधिमा जाने पक्षमा नरहेको उनको भनाइ छ । मध्यावधिमा जान हुँदैन भनेपछि मुख्यमन्त्री बैठकमा आक्रोशित बनेको नेताहरूले बताएका छन् ।
यसैबीच विपक्षीदहरुले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव परिमार्जन गरेर मात्रै सदनमा पेस गर्ने सहमति भएको छ । बिहीबार बसेको कार्यावस्था परामर्श समितिको बैठकमा माओवादी र एमालेले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको हो । प्रस्ताव बिहीबार टेबल गर्ने र शुक्रबार निर्णयार्थ पेस गर्ने सहमति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: