काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंमा जारी 'हिमालयको रहस्य कला प्रदर्शनी'ले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनी अवलोकनको क्रममा आज संक्षिप्त प्रतिक्रिया दिँदै उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरले विश्व चिन्तित भएको बेला कलाको माध्यमबाट वास्तविक समस्या उजागर गरी हिमाल बचाउन नयाँ सन्देश प्रवाह गरेको बताए ।
उनले भने, “हामीले सहजै महसुस गर्नसक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेको छ । हिमालका हिउँ पग्लिरहेका छन् । पछिल्लो समयमा देखिइरहेको जलवायु परिवर्तनको यो असरलाई कम गर्न सचेतना फैलाउन जरुरी छ, यस्ता प्रदर्शनीले विश्वलाई सचेत गराउन मद्दत गर्छ ।”
सबैले प्रयत्न गरेमा भयावह स्थितिलाई सन्तुलनमा ल्याउन सकिने उल्लेख गर्दै उनले खासगरी शक्ति राष्ट्रहरुले धेरै क्षति पुर्याइरहेको बताए । “त्यसका बारेमा नेपाल सरकारले प्रयत्न पनि गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोप–२८ मा राम्रोसँग विषय उठाउनुभएको छ”, उनले भने, “संयुक्त राष्ट्र सङघका महासचिव एन्टेनियो गेटेरेसले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पमा पुगेरै विश्वलाई शक्तिशाली सन्देश र अपिल गर्नुभएको छ । मलाई लाग्छ उहाँको अपिलले पनि प्रभाव पारेको छ ।”
उनले सबै कलाकारले मेहनत गरेको र यसले महत्वपूर्ण सन्देश दिएको आफूले महसुस गरेको प्रतिक्रिया दिए । सो क्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले हिमालसँग सम्बन्धित चित्र सिर्जना गरेर जलवायु परिवर्तनको असरलाई कलामा उतार्नु महत्वपूर्ण काम भएको बताए ।
उनले भने, “कला प्रदर्शनीले विश्वलाई नयाँ सन्देश दिन सफल भएको र हिमाल बचाउन आह्वान गरेको छ ।” इतिहासलाई आजको पुस्ताले कसरी बुझ्छ भन्ने कुरा चित्रकलाले देखाउने हुँदा नेपालको परिस्थिति, संस्कृति र इतिहासलाई चित्रमा उतारेर शिक्षा दिन कला सिर्जना उत्तम माध्यम हुने उनले बताए । कला सिर्जना र संस्कृतिका विषयमा राज्यले ठीक ढङ्गले ध्यान केन्द्रित गर्न नसकेको उनले टिप्पणी गरे ।
हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनीका बारेमा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केली, प्राज्ञ परिषद् सदस्य दिनेश्वर महत्तो र सौरगङ्गा दर्शनधारीले उनिहरुलाई जानकारी गराएका थिए । सो क्रममा कला क्षेत्रको विकास, राज्यको प्राथमिकता र महत्वका विषयमा छलफल समेत भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १ गते, २०८२ - २०:४७
काठमाडौँ । संसद् भवनमा आगलागी भएकोमा खुसी व्यक्त गर्दै भिडियो बनाउने टिकटकर मनोज केसी (उर्फ ‘फिप्टी’) विरुद्ध ७ वटा आपराधिक रेकर्ड फेला परेको छ । प...
आश्विन १ गते, २०८२ - २०:३१
कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ । वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन...
आश्विन १ गते, २०८२ - २०:२७
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई...
आश्विन १ गते, २०८२ - १९:५०
काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्र...
आश्विन १ गते, २०८२ - १९:४५
पेरिस । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी ग...
आश्विन १ गते, २०८२ - १९:३९
ओस्लो । युद्ध र अनिकालको चपेटामा परेका सुडानीलाई सहयोग पुर्याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकको नेटवर्कला...
आश्विन १ गते, २०८२ - १८:४०
काठमाडौँ । कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिले भदौ २८ र २९ गते परीक्षा हुनेगरी ताल...
आश्विन १ गते, २०८२ - १८:३४
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ । एएफसी फुट...
आश्विन १ गते, २०८२ - १८:१६
तानसेन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो...
आश्विन १ गते, २०८२ - १८:१३
बोगोटा । सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरुको हत्या भएको छ । मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मङ्गलबा...
प्रतिकृया लेख्नुहोस्: