Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

कञ्चनपुरमा सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान सुरु

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो । 

सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

“हामी अतिक्रमण हटाउने अभियानमा छौँ, अतिक्रमणको तथ्याङ्क सङ्कलन गरिएको छ, कसैले यदि अतिक्रमणको सूचना उपलब्ध गराउनुभयो भने हामी त्यसमा पनि लाग्छौँ”, उनले भने, “यस अभियानमा राजनीतिक दल, प्रदेशसभा सदस्य तथा निर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण साथ छ ।”

अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित नापी, मालपोत र यातायात कार्यालय भएर जाने सडक दुवैतिर छेउमा रहेका ३२ वटा अनधिकृत खोकाछाप्रा, टहरा र सटर हटाइएको छ । 

यस्तै आन्तरिक राजस्व कार्यालय अगाडि र ट्राफिक चोकबाट दक्षिण आउने सडकका चार/चार अनधिकृत संरचना पनि खाली गराइएको छ । “महेन्द्रनगरस्थित सरकार कार्यालय अगाडिका ४० मध्ये ३८ संरचना हटाइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, “दुई वटा पक्की संरचना भीमदत्त नगर विकासको स्वामित्व भएकाले ताल्चा लगाएर नियन्त्रणमा लिएको अवस्था छ ।”

वैशाख ३ गते कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अगाडिका तीन संरचना पनि हटाइएको उनले बताए । बेलडाँडी गाउँपालिकाले बसपार्क, अस्पताललगायतका लागि छुट्याएको सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाएको छ ।

दोस्रो चरणमा महेन्द्रनगर बजार क्षेत्रमै रहेको बालसङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाइनेछ । बालउद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन अहिले घरटहरा निर्माण गरिएका छन् ।

यसैगरी महेन्द्रनगर बजारमै रहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा पनि पक्की संरचना निर्माण गरिएका छन् । बालसङ्गठन र खाद्यव्यवस्था तथा व्यापार कम्पनीको जमिन यही वैशाख १५ गतेसम्म खाली गराउन सूचना जारी गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ब...

गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...

डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  गएराती मृत्यु भएका कीर्तिप...

माओवादी केन्द्रको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।  ...

ताप्लेजुङमा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...

देशभर विपदमा परी एक सय ३९ जनाको मृत्यु

काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...

कास्कीमा विपदका घटनामा परेर १४ जनाको मृत्यु

कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।  यसबिचमा जिल्लामा बाढीपहिर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy