भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा सम्पन्न भएको छ। गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्राको हिजो अन्तिम दिन साँझ ५ बजे गःहिटीबाट भैरवको रथ तान्न सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले जानकारी दिइन् ।
हिजो साँझ सबै पूजा सम्पन्न भएपछि भैरवको रथ तानेर तौमढी हुँदै सुकुलढोका पुर्याएर दत्तात्रयतर्फ लैजाँदै गरे पनि तल्लोतर्फका बासिन्दाले साँझ ७ बजेसम्म रथलाई तानेर पुन तौमढी हुँदै गःहिटी ल्याइएको छ । रथलाई वंशगोपालतर्फ लैजाने प्रयास जारी छ । राति रथलाई पुनः तोमढी पुर्याएपछि जात्रा सम्पन्न हुने परम्परा छ ।
रथ तान्नेक्रममा तल्लो र माथिल्लो दुवैतर्फका हजारौँले स्थानीयवासीले आ–आफ्नो क्षेत्रमा रथ लैजान तानातान गर्ने चलन छ । तानातानको क्रममा झैझगडा हुने सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरीलगायतका सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।
जात्रा बिथोल्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइने उनले बताइन् । विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।
काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेर तौमढी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।
त्यसैगरी भक्तपुरको तालाक्वास्थित ज्याठा गणेश अगाडि उठाएको हात नभएको लिङ्गो हिजो ढालिएको छ । चैत मसान्त बिहान कुमाले टोलमा उठाएको लिङ्गो हिजो बिहान ढालिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:१२
तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...



प्रतिकृया लेख्नुहोस्: