Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

इन्डोनेसियाको उत्तरी क्षेत्रमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

खबरडबली संवाददाता

एजेन्सी । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।

माउन्ट रुआङमा  मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो । इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पर्याएकाे छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर  अग्लो छ ।

एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो । अधिकारीहरूले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसहरूलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनुपर्ने बताएका छन् ।  

“जोखिम क्षेत्रका कम्तिमा ११ हजार छ सय १५ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ’’, विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।

अधिकारीहरू  सन् १८७१ मा भएको विस्फोटमा जस्तै, ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् । 
मनाडोको साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा बिहीबार साँझसम्म बन्द रहनेछ । उड्डयन अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी फैलिएको कारण, जसले उडान सुरक्षालाई खतरामा पार्न सक्ने छ ।

विमानस्थलले दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायत अन्य राष्ट्रहरूका लागि उडानहरू प्रदान गर्दछ । नजिकैको मलेसियाको कोटा किनाबालु अन्तर्राष्ट्रिय विमानस्थल जाने र जाने उडानहरूमा पनि गम्भीर अवरोध आएको छ । चालु हप्तामा दुईवटा भूकम्पपछि, देशको ज्वालामुखी विज्ञान सेवाका अनुसार माउन्ट रुआङको गतिविधिमा वृद्धि देखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुस...

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक: महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताएका छन् ।...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड: चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । एक सय ३५ औँ अन्तर्...

क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्...

सप्तरीको चिम्टीमा भीषण आगलागी:एकसय बढी घर जलेर नष्ट

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ । आगलागीबाट एकसय बढी घर जलेर नष्ट भएको छ ।  गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव...

इलाममा एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गा...

ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरब...

पाकिस्तानमा भारी वर्षाका कारण अप्रिलमा कम्तीमा १४३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । अप्रिल मह...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ३० वर्षीया अनु श्रेष्ठ रहेकी छ...

आम जनता पार्टीले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ । बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies